काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् ।
बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर ७, सिन्धुपाल्चोक ६, सोलुखुम्बु पाँचथर र भक्तपुरमा ५÷५ जनाले ज्यान गुमाएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा २, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १अजनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।
यसैगरी बाढीपहिराले ३ सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।