माप्य दुधकोशी गाउँपालिद्धारा थामे बाढि पिडितलाई २८ लाख सहयोग

  सगरमाथा अनलाईन
560 Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामेका बाढि पिडितलाई माप्य दुधकोशी गाउँपालिकाले २८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बसेको गाउँ कार्यपालिका बैठकले थामेका बाढि पिडितलाई सहयोग गर्ने कार्यपालिका बैठकले निर्णय गरेको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव खालिङले बताए । गत साउन ३२ गते हिमताल फुटेर आएको बाढिले थामे गाउँमा ठूलो जनधनको क्षती पुगेको थियो ।

त्यसैगरी हिमताल फुटेर आएको बाढिले दुधकोशी नदीमा रहेको खुम्बु मितेरी मोटरेबल पुलमा क्षती पु¥याएको थियो । सो मोटरेबल पुललाई विज्ञहरुको रिपोर्टिङ अनुसार तत्काल निर्माण सुरु गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै गाउँ पालिकामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक महत्वपूर्ण निर्णय गर्दै सबै स्वास्थ्य संस्थाहरुलाई निर्देशन सहितको जानकारी दिने निर्णय गरिएको उपाध्यक्ष खालिङले बताए ।

गाउँ पालिका भित्रको सडकलाई तत्काल सरसफाई गरी दशैँ, तिहारका लागि सहज रुपमा आवत जावत गर्न बाटो बनाउने पनि कार्यपालिका बैठकले निर्णय गरिएको खालिङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार