परियोजना सञ्चालनका लागि सहास नेपाल र सोलुदूधकुण्ड नगरपालिकाबीच छलफल

  सगरमाथा अनलाईन
357 Shares

 

सोलुखुम्बु । सहयोगी हातहरुको समूह(सहास) नेपाल र सोलुदूधकुण्ड नगरपालिकाबीच नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षा परियोजना सञ्चालनका लागि गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनमा छलफल भएको छ । परियोजना सञ्चालनका लागि पेज वान नामक संस्थाले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि नगरप्रमुख नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा शुक्रबार नगरपालिकाको कार्यालयमा छलफल भएको हो ।

प्रस्तुत प्रतिवेदनमा नगरपालिकाभित्रको शिक्षाको वर्तमान अवस्था, चुनौती, सकारात्मक कुरा तथा परियोजना सञ्चालनका क्रममा गर्नुपर्ने कार्यक्रम समेटिएको छ ।

प्रतिवेदन माथि प्रतिक्रिया दिँदै नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले परियोजना निर्माणको क्रममा भएकाले अझै वृहत् छलफल तथा विगतका अनुभवलाई समेत समेटेर प्रभावकारी क्रियाकलाप छनोट गर्नुपर्ने धारणा राख्दै यो परियोजना महत्वपूर्ण हुने बताए ।

छलफलमा कार्यक्रममा उपप्रमुख गान्धीमाया तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का, नगर प्रवक्ता फुर्वाग्याल्जेन शेर्पा सहित वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, महिला तथा बालबालिका शाखा प्रमुख, सहास नेपालका कर्मचारी सहितको उपस्थिति रहेको सोलुदूधकुण्ड नगरपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार