विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

  सगरमाथा अनलाईन
56 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए ।

उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका सङ्केत देखिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार