काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको छ, भने १८ जना बेपत्ता छन् । अन्य १ सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
अहिले विपी राजमार्ग अन्तरगतका अवरुद्ध सडक सञ्चालनको लागि वैकल्पिक सडक मार्ग खोल्ने काम स्थानीय, प्रदेश र संघीय सरकार लागि रहेको छ । चाँपागाउँ ललितपुरहुँदै हेटौंडा निस्कने सडक र दक्षिणकालीहुँदै फर्पिङ निस्कने सडक केहि दिनमा सञ्चालनमा ल्याइने पनि ट्राफिक प्रहरीले बताए ।