नुगा नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८ लाख १ हजार सहयोग

  सगरमाथा अनलाईन
147 Shares

काठमाडौं । नुगा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८ लाख १ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नुगा नेपालले केपी शर्मा ओलीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नुगा नेपालको सामाजिक उत्तरदायित्व भएको भन्दै बाढि र पहिरो पिडितहरुको घाउमा मलम लगाउने सानो प्रयास गरिएको नुगा नेपालका बजार तथा तालिम निर्देशक गणेष राईले बताए ।

व्यवसाय मात्र होइन नेपाल र नेपालीको दुःखमा सँधै हातेमालो गर्दै अगाडि बढ्ने प्रण गरेर आफूहरुले सकेको सहयोग गरेको तालिम निर्देशक राईले बताए ।

नुगा नेपाल कोरियास्थित नुगा मेडिकलको नेपाल विक्रेता हो । नुगा नेपालले आफ्नो अनुभव केन्द्रमार्फत निःशुल्क थेरापी दिँदै आएको छ ।

नुगा नेपालका तालिम निर्देशक राईका अनुसार नेपालभर संस्थका २५ वटा शाखा रहेका छन् । बिर्तामोड, हेटौंडा, मन्थलीमा तिहारपश्चात शाखा खोल्ने क्रममा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार