भिषण मुकारुङको ‘खोर्सानी डल्ले ३’को म्यूजिक भिडियो सार्वजनिक [भिडियोसहित]

  सगरमाथा अनलाईन
672 Shares

काठमाडौं । पछिल्लो समय लोकप्रिय गायक तथा संगीतकार भिषण मुकारुङको ‘खोर्सानी डल्ले ३’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘खोर्सानी डल्ले १ र २’ को सफलता पछि ‘खोर्सानी डल्ले ३’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियोमा गाउँले युवाले शहरीया युवतीलाई मन पराएको दृष्यलाई जीवन्त प्रस्तुत गरिएको छ । गाउँले युवा ती शहरीया युवतीको सम्झनामा एकोहोरो टोलाएको देखेपछि आमाले सोध्दा स्वपनील पे्रमको कथा देखाइएको छ । आफूले मन पराएको केटीलाई केटाले म तिमीलाई माया गर्छु भनेर प्रस्ताव राख्न केटीको डायरीमा एउटा चिटमा लेखेर राखेको हुन्छ । तर, केटिलाई त्यसरी राखेको चिट थाहा हुँदैन । पछि बसमा चडिसकेपछि डायरी पल्टाएर हेर्दा त्यो चिट केटीले देख्छ । अनि ऊ त्यही केटाको घरको ढोका ढकढकाउन पुग्छ । यसरी एउटा प्रेमको सफल रुपमा मिलन भएको म्यूजिक भिडियोमा जीवन्त रुपमा चित्रित गरिएको छ ।

गायक मुकारुङकै शब्द, संगीत तथा आवाज रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । स्टुडियो किङ र माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुरेश राई र डिजे मेवाहाङले रेकर्डिङ गरेका हुन् । मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् । गीतको भिडियो भिषण मुकारुङ युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा मुकारुङसँगै विशेष खालिङ, विक्रम राई, सागर संसार राईको आवाज रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई कलाकार एलिश राईले निर्देशन गरेको छन् । भिडियोमा एलिश राई र एलिशा राईका साथै कविता आलेको फिचरिङ मुख्य रहेको छ । भिडियोलाई दीपक गिरीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका छन् ।

म्यूजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार