काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी गर्नेहरुमाथि कानुनी कारबाही भइरहेको बताएका छन् ।
बुधबार सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्ने प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक रहेको बताएका हुन् ।
‘आज यहाँ उभिएर म यो भन्ने ठाउँ आइपुगेको छु, सर्वसाधारणले जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ, र ल्याउँदैछ’, प्रधानमन्त्रीले भने ।
सहकारी बचत ठगी गर्नेहरुको संख्या बढिरहेको पनि प्रधानमन्त्रीले बताए । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ, हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्रीले भने ।