प्राधिकरणलाई निकुञ्जको पत्रः स्याङबोचेभन्दा माथि हेलिकप्टर उडान रोकौं

  सगरमाथा अनलाईन
35 Shares

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले सोलुखुम्बु स्याङबोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान÷अवतरण रोक्न प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै निकुञ्जले यस्तो प्रस्ताव गरेको हो । बिहीबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज, भगवतीप्रसाद गुलम र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त प्रस्ताव गरेको हो ।

सगरमाथा निकुञ्जको कोर क्षेत्रभित्र हेलिकप्टरका दैनिक ५० औं उडान/अवतरणले निकुञ्ज क्षेत्रमा ध्वनि प्रदूषण भएको, वन्यजन्तुको आनीबानी र व्यवहारमा समेत नकारात्मक असर र प्रभाव परेको भन्दै निकुञ्जले माथिल्लो भेगमा हेलिकप्टर उडानमा रोक लगाउन भनेको हो ।

सगरमाथा क्षेत्रमा हेलिकप्टरको अधिक प्रयोग गर्दा स्थानीयको रोजगारीमा समेत असर परिरहेको भन्दै रोक्न माग उठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार