बुटवल । दाङमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षिय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षिय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।
उनका अनुसार राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ बर्षिय देवा वली, उनका छोराहरु १३ वर्षिय महेश वली र १० वर्षिय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।