१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

संविधान सबैको साझा सम्पत्तिः मन्त्री लेखक



भीमदत्तनगर, २० कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन् ।

शुक्रबार राति अबेर कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उनले भने असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको छ ।

“संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उनले भने “यसलाई सम्पत्तिका रुपमा स्थापित गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा हो ।”

मन्त्री लेखकले स्थानीय तहको निर्वाचन सरकारको अर्को एजेन्डा रहेको भन्दै निर्वाचनको तयारीमा समेत सरकार लागेको बताए ।

धार्मिक महोत्सव, यज्ञले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न सघाउ पु¥याएको भन्दै उहाँले रामलिला जस्ता धार्मिक कार्यक्रमले समाजलाई सही मार्ग देखाउने धारणा राख्नुे ।

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  ४ : ३३ बजे