काठमाडौं । रसुवाको कालिका गाउँपालिका-१ ग्राङबाट दुई किलो सुनसहित पक्राउ परेका व्यक्ति भरिया रहेको खुलेको छ ।
गोसाइँकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्दा लामा भरियामात्रै रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । लामाले चलाएको मोटरसाइकलाई संका लागेर प्रहरीले जाँच गरेको थियो । सो क्रममा उनले लगाएको जुत्ताको सोलमा २ किलो सुन भेटिएको हो ।
दायाँ–बाँयाको जुत्तामा एक/एक किलो दरका २ किलो सुन लुकाएर लामाले बोकेका थिए । पक्राउ परेक लामालाई सुनसहित भन्सार कार्यालय बुझाइएको उनले बताए ।