रास्वपा प्रदेश सभापति भन्छन्ः प्रदर्शनमात्र गरेर केही भएन

  सगरमाथा अनलाईन
154 Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश संयोजक राजन गौतमले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन नगर्ने बताएका छन् ।

रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरी हिरासतमा राखिएको भन्दै पोखरामा विरोध प्रदर्शन गर्दै आएको थियो । रविलाई आज पाँचौपटक अदालतमा उपस्थित गराइएको छ । रविलाई अदालत उपस्थित गराउँदा विरोध प्रदर्शन गर्दै आएको रास्वपा गण्डकीले आज कुनै कार्यक्रम नराखेको सभापति गौतमले जानकारी दिए ।

‘प्रदेशका तर्फबाट आज कुनै विरोध प्रदर्शनको कार्यक्रम छैन, जिल्लाका तर्फबाट भएको भए जानकारी भएन,’ सभापति गौतमले भने, ‘रास्वपाको ध्यान अहिले उपचुनावमा छ । गण्डकीमा गोरखा-५ मा ध्यान केन्द्रित गरेका छौं ।’

अब प्रदर्शन दबाब कार्यक्रमले मात्र केही नहुने देखिएको बताउँदै गौतमले आगामी चुनावबाटै जवाफ दिने गरि लागेको जिकिर गरे ।

रास्वपाले विरोध प्रदर्शन गर्न सक्ने भएकाले निषेधित क्षेत्रमा बाक्लो प्रहरी परिचलन गरिएको छ । रत्नचोकमा अहिले नै निषेधित क्षेत्र तोड्न नदिन प्रहरीले बार लगाएको छ ।

शहीदचोक, अदालत तथा प्रशासनिक कार्यालयहरू रहेको निषेधित क्षेत्रका मुखमा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पछिल्लोपटक थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले रविलाई थप अनुसन्धानका लागि समय माग्दै आज अदालत उपस्थित गराएको छ । आज म्याद थपेर रविलाई बयानका लागि काठमाडौं लैजाने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार