अवरुद्ध एक्सरे सेवा चल्यो

7 Shares

बैतडी, २० कात्तिक । जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि चलेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि शुक्रबारदेखि एक्सरे सेवा चालु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।

झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो ।

एक्सरे सेवा चालु भएपछि सो सेवाका लिनका लागि सीमावर्ती भारतको पिथौरागढ र अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार