म्याग्दी, २० कात्तिक । म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको आयोजनामा शुक्रबार गलेश्वरमा बसेको सर्वदलीय बैठकले जिल्लामा पाँच वटा गाउँपालिका र एक नगरपालिका बनाउने निर्णय गरेको हो ।
सांसद र राजनीतिक दलको सुझावको आधारमा तयार पारिएको प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाइने समितिका सदस्य सचिव एव्म जिविसका योजना अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।