काठमाडौं । सिरियाका विद्रोही फौजले त्यहाँको दोस्रो ठूलो सहर अलेपोको “धेरैजसो” भाग नियन्त्रणमा लिएको यूकेमा मुख्यालय रहेको निगरानी समूह सिरिअन अब्जर्बेटरी फर ह्युमन राइट्सले जनाएको छ।
सिरियाको सेनाले समेत सहरका केही भाग विद्रोही नियन्त्रणमा पुगेको स्विकारेको छ।
यूकेस्थित अब्जर्बेटरीका अनुसार बुधवारदेखि सुरु भएको आक्रमणमा २० जना भन्दा धेरै सर्वसाधारणसहित ३०० जनाभन्दा धेरै मारिएका छन्।
यो सिरियाली सरकारविरुद्ध वर्षौँयता भएको सबैभन्दा ठूलो आक्रमण बताइएको छ।
सो अब्जर्बेटरीका अनुसार शनिवार राती रुसले सन् २०१६ यता पहिलोपटक अलेपोको विभिन्न भागमा हवाइ हमला गरेको छ।
सन् २०१६ मा राष्ट्रपति बसर अल(असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका थिए।
अलेपोमा रहेको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताएको छ।
१३ वर्षदेखि गृहयुद्धको पासोमा सिरिया, कहाँ कसको नियन्त्रण छ
ुसुनभन्दा पानी महँगोुस् सिरियामा कसरी भयो पानीको हाहाकार
ठूलो प्रतिरोधको सामना नगरिनै विद्रोहीहरूले “आधा अलेपो” कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानले शनिवार एएफपी समाचार संस्थालाई बताएका छन्।
उनका अनुसार “सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै पनि भिडन्त भएको छैन र एउटा गोली पनि चलेको छैन।”
पछिल्ला दाबी र अवस्था
बुधवार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेयता नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरहरूमा शुक्रवार पुनस् आफ्नो नियन्त्रण कायम गरिएको सरकारी सेनाले बताएको थियो।
इस्लामिक लडाकु समूह ताहिर अल(शाम ‘एचटीएस’ सम्बद्ध च्यानलमा पोस्ट गरिएका भिडिओहरूमा सहरमा विद्रोही लडाकुहरू देखिन्छन्।
बीबीसी भेरिफाइले उक्त दृश्य अलेपोको पश्चिमी क्षेत्रको रहेको पुष्टि गरेको छ।
सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि सुरु भएको गृहयुद्धमा पाँच लाख भन्दा धेरै मानिसहरू मारिएका छन्।
जिहादीसहितका सशस्त्र समुहको एउटा लस्करले असद सरकारको विरोधमा देशमा चलिरहेको राजनीतिक उथलपुथलको फाइदा उठाउँदै सिरियाका कैयौँ ठाउँ कब्जामा लिएको थियो।
सिरियाबाट भागेका बालक जो शरण खोज्दै ११ वर्ष लगाएर नेदरल्यान्ड्स पुगे
सन् २०२३ मा इस्लामिक स्टेटलाई के भयोरु
पछि रुस र अन्य सहयोगी देशहरूको सहयोगमा सिरिया सरकारले आफूले गुमाएका अधिकांश क्षेत्रमा पुनस् आफ्नो नियन्त्रण कायम गरेको थियो।
पछिल्लो समयसम्म विपक्षीहरूको पकड क्षेत्र रहेको इडलिबमा एचटीएसको नियन्त्रण छ। तर टर्की समर्थित विद्रोही समूह र टर्कीको फौजको उपस्थिति पनि यो क्षेत्रमा छ।
सिरियाली र रुसी विमानहरूले इड्लिब नजिकैका क्षेत्रमा शुक्रवार २३ वटा हवाई आक्रमण गरेको यूकेको निगरानी समूहले जनाएको छ।
सिरियामा रहेका स्रोत सञ्जालको सहायतामा यो निगरानी समूहले आफ्नो काम गर्ने गरेको छ।
जसका अनुसार रुसी आक्रमणमा चारजना सर्वसाधारण र १९ जना अन्य व्यक्तिहरूको मृत्यु भएको छ।
रुसी सेनाले “अतिवादी शक्तिमाथि” बमबारी गरेको रुसी समाचार संस्थाले जनाएको छ