भुटानका राजा करिब ५ घण्टा काठमाडौं रहने, हुने छैन औपचारिक भेटघाट

  सगरमाथा अनलाईन
21 Shares

काठमाडौं । भोलि (शुक्रबार) नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।

भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई बताएको छ । त्यसक्रममा उनीहरूले स्वयम्भु र बौद्धनाथको मन्दिर दर्शन गर्ने तयारी रहेको बताइएको छ ।

यसको सुरक्षा प्रबन्ध मिलाइसकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।

धार्मिक स्थलको भ्रमणपछि उनीहरू अपराह्न स्वदेश फर्किने छन् । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले फर्किने क्रममा काठमाडौंमा रहने योजना बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार