६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

प्रदेशसभा बोलाउन माओवादीको माग



विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीयले प्रदेशसभा बैठक बोलाउन माग गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले तत्काल बैठक बोलाउन माग गरेको हो ।

प्रदेश सरकारले पुस तेस्रोसाता संसद बोलाउने तयारी गरिरहेको छ ।

प्रदेशका नागरिकको मुद्दा उठाउने थलो लामो समयदेखि स्थगित भएको बताउँदै माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल बैठक बोलाउन सरकारसँग माग गरे ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ११ : ३६ बजे