भारतका पूर्वप्रधानमन्त्री : मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

  सगरमाथा अनलाईन
7 Shares

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।

उनी भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने मध्येका एक थिए जसलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छ।

सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले त्यस्ता सुधारका काम गरेका थिए।

बिहीवार स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानी दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो। सिंहको बिहिबार राती निधन भएको हो ।

सिंहलाई श्रद्धाञ्जली दिनेमध्ये प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्।

मोदीले सामाजिक सञ्जालमा लेखेका छन्स् ूभारत आफ्नो एकजना सर्वप्रतिष्ठित नेता गुमाएकामा शोकमा छ।ू

भारतमा घरायसी बचत किन ४७ वर्षयताकै न्यूनरु
सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हुँदा भारत दङ्ग हुनुपर्छ कि चिन्तितरु
आफूहरूबीचको अन्तर्क्रियामा उनको ूविवेक र नम्रता सधैँ झल्किने गरेकोू लेख्दै मोदीले प्रधानमन्त्रीको रूपमा सिंहले आफ्नो समयमा ूजनजीवन सुधार गर्न व्यापक प्रयासहरूू गरेको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री राजीव गान्धीकी छोरी तथा कांग्रेस सदस्य प्रियङ्का गान्धीले सिंह ूअन्तिम समयसम्म सच्चा समतावादी, विवेकी, दृढ इच्छायुक्त र साहसीू भएको बताइन्।

कांग्रेसको नेतृत्व गर्ने उनका भाइ राहुलले आफूले ूएक गुरु र मार्गदर्शक गुमाएकोू बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार