काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको आइतवार दिउँसो १०० वर्षको उमेरमा निधन भएको छ। देशको ३९औँ राष्ट्रपति बनेका उनी सबैभन्दा लामो समय जिउने राष्ट्रपतिहरूमध्ये हुन्।
सन् १९७७ मा डेमोक्र्याटिक दलका तर्फबाट चुनाव जित्दै राष्ट्रपति बनेका उनी एक कार्यकाल मात्र ह्वाइटहाउसमा रहन सकेका थिए।
सन् १९८० को चुनावमा भने रिपब्लिकन दलका रोनल्ड रेगनसँग उनी सहजै पराजित भए।
उनका उपलब्धिमध्येमा ुक्याम्प डेभिडु सम्झौतालाई एउटा मुख्य मानिन्छ, जसका कारण पहिलोपटक इजिप्टले इजरेललाई मान्यता दिएको थियो।
तर उनको राष्ट्रपतिकाल तेहरानमा अमेरिकी कूटनीतिज्ञहरूलाई १२ महिनासम्म बन्धक बनाएर भएको ुइरान होस्टेज क्राइसिसुका साथै त्यस बेला देशभित्रै सङ्कटग्रस्त बनेको अर्थतन्त्रको छायामा पर्ने गर्छ।
नेपाल भ्रमण जिमी कार्टर, श्रीमती कार्टर र नेपाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला,सन् २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि जिमी कार्टर नेपाल आएका थिए
अमेरिकी राज्य जोर्जामा बदाम कृषक परिवारका उनी राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए। उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
पदबाट हटेपछि पनि अन्तर्राष्ट्रिय रूपमा राजनेताको पहिचान बनाएका उनी मानवाधिकार र सामाजिक न्यायका अभियन्ता थिए।
उनको संस्था कार्टर सेन्टरले नेपालमा पनि केही गतिविधि सञ्चालन गरेको थियो। सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया जारी रहँदा उनी काठमाण्डू आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।
त्यसपछि सन् २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए।