नयाँ वर्षको कोशेली गायिका सिर्जनाको ‘मायासँग माया साट्ने’

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । गायिका सिर्जना राईले अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्ने भएकी छिन् । ‘मायासँग माया साट्ने’ बोलको गीत नयाँ वर्ष २०१५ जनवरी १ तारिखको दिन सार्वजनिक गर्ने भएकी हुन् ।

सुमधुर आवजकी धनी सिर्जना राईको आवाजमा रहेको गीतलाई अर्जुन भट्टराईले लेखेका हुन् । गीतलाई गायक, संगीतकार पविन खालिङ कम्पोज र म्यूजिक एरेञ्ज गरेका छन् ।

गीत पविधन खालिङ युट्युब च्यानलबाट सार्वजनि गरिने बताइएको छ । नेपालभन्दा टाढा कर्मभूमिमा रहेका गायक तथा संगीतकार पविधन खालिङले नेपाली सांगीतिक क्षेत्रलाई अमूल्य योगदान दिइरहेका छन् । उनी व्यस्त दैनिकीका बाबजुत पनि नेपाली संगीतक क्षेत्रमा निरन्तर लागिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार