१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

अध्यादेशबारे एमाले संसदीय दलमा छलफल


९ माघ २०८१, बुधबार  

0
Shares

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु भएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद् भवनको लोत्से हलमा छलफल सुरु भएको हो ।

‘अध्यादेशहरूबारे संसदीय दल र हाम्रा मन्त्रीहरूबीच छलफल राखिएको हो’, बर्तौलाले भने ।

गत २६ पुसमा सरकारले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस भएका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : १२ बजे