२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

दुर्घटनामा युवकको मृत्यु



मोरङ, २० कात्तिक । सवारी दुर्घटनामा परी मोरङको कोशीहरैचामा आज दिउँसो एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोशीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कोशीहरैचा नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १४ प ५४२८ नं.को मोटरसाइकल र सोही दिशातर्फ गइरहेको को १७ प ९६९१ नम्बरको मोटरसाइकल ठक्कर खाएर पल्टिएपछि ९६९१ नम्बरको मोटरसाइकलका चालक कार्कीलाई विपरीत दिशाबाट आइरहेको को १ ज २४८५ नं.को भ्यानले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  १ : ४८ बजे