कपिलवस्तु, २० कात्तिक । तौलिहवा– गोरुसिङ्गे सडकखण्डमा आज लु ३ प २२२३ नंं को ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
मृत्यु हुनेमा कपिलवस्तु–१९ की शान्ति मगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य छ । घाइतेको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ । रासस