३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

सेनाको जागिर छाडेर मौरीपालन



काठमाडौं, २१ कात्तिक । घरको बरान्डामा मौरीको घारले छपक्कै ढाकिएको छ ।

सडकबाट झलक्क हेर्दा सजाववटका लागि रोखे जस्तो देखिने धादिङवेसीको यो घरमा नारायण घिमिरेले जागिर नै छाडेर व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।

उनले वर्षाैं अघिदेखि सदरमुकाम धादिङवेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन् । नेपाली सेनामा जागिर खाएका घिमिरेले सेनाको जागिरबाट बिदा लिएर घरमै मौरीपालन गरेका हुन् । घिमिरेको मुख्य आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको अाजको अन्नपूर्णमा समाचार छ ।

उनले तीन तले पक्की घरको छतमा र बरन्डामा मौरीका घार रोखका छन् । नौ वर्षयता उनले मौरीपालनलाई यसरी मुख्य पेसा बनाउँदै आएका छन् ।

घिमिरे हाल एक सय आधुनिक घार छन् । मानाको पाा सय रुपैयाँ लिएर उनले घरबाटै मह बिक्री गर्ने गरेका छन् । वार्षिक ४ लाख रुपैयाँ बराबरको मह विक्री हुने गरेको घिमिरेले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  १ : ४० बजे