२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

स्थानीय तह पुनर्संरचनाः म्याद सकियो आएन प्रतिवेदन



काठमाडौं, २१ कात्तिक । स्थानीय तह पुनर्संरचना आयोगले आगामी कात्तिक मसान्तभित्र सरकारलाई प्रतिवेदन दिन नसक्ने देखिएको छ ।

आयोगले सरकारलाई कात्तिक मसन्तसम्ममा स्थानीय तहको संख्या र सीमा निर्धारण गरिएको प्रतिवेदन दिने तयारी गरेको थियो ।

नयाा संविधान कार्यान्वयनका लागि सबभन्दा पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपछि सरकारको आग्रहबमोजिम नै आयोगले जतिसक्दो छिटो प्रतिवेदन बुझाउनेगरी काम गर्दै आएको आनको राजधानी दैनिकमा समाचार छ ।
ministry-federal-affairs-and-local-development-sagarmatha-online

आयोगले शनिबार सम्म्मा ७५ ओटै जिल्लाबाट जिल्लागत स्थानीय तहको प्रतिवेदन प्राप्त हुने र कात्तिक मसान्तभित्रमा एकमुष्ट प्रतिवेदन सरकारलाई बुझाउने गरी काम अघि बढाए पनि त्यो सम्भव हुन नसकेकेा हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  २ : ०७ बजे