काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी बराबरीमा रोकिादा चेल्सीले शानदार जित हात पारेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा सिटी मिडिल्सब्रोसाग १-१ को बराबरीमा रोकिएको छ । ३४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको सिटी अन्तिम मिनेटमा सम्हालिन सकेन र गोल खायो ।
अर्को खेलमा चेल्सीले इर्भटनमाथि ५-० को शानदार जित हात पारेको छ । चेल्सीको जित इभेन हर्जाडले दुई गोल गरे भने डिएगो कोष्टा, पेड्रो र एलोन्सा एक एक गोल गरे ।
जितसँगै चेल्सी अगष्टपछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको छ उसको ११ खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानमा झरेको सिटीको २४ अंक छ ।