गभर्नर नियुक्तिमा बिचौलियाको तानातान छ : प्रचण्ड

  सगरमाथा अनलाइन
189 Shares

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा ढिलाइ हुनुको कारण बिचौलियाबीचको तानातान भएको दाबी गरेका छन् । बिहीबार रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिमा दलहरूबीच नभई बिचौलियाहरूबीच समझदारी नहुँदा ढिलाइ भएको बताए ।

प्रचण्डले स्वार्थ समूहको दबाबले योग्य र इमानदार कर्मचारीलाई हटाएर अवैधानिक नियुक्ति भइरहेको आरोप लगाए । गम्भीर आर्थिक समस्याको समाधानका लागि मेरिटका आधारमा गभर्नर नियुक्त गर्न सरकारलाई सुझाव दिंदै उनले संवेदनशील पदमा बिचौलियाको चलखेल बन्द गर्नुपर्ने बताए ।

उनका अनुसार कांग्रेसकै महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको कुरा उठाएपछि सरकार बिचौलियाको प्रभावमा रहेको पुष्टि भएको छ । गणतन्त्रको रक्षा गर्न स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार