कुरो गएको चैत ३०, ३१ (विसं २०८१) को हो । सो मितिमा काठमाण्डौंको कमलादीस्थित ‘नेपाल प्रज्ञा-प्रतिस्ठान’को देवकोटा हल र पारिजात हलमा दुई दिने ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ आयोजना गरिएको थियो । विभिन्न विषयका लगभग १२ वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । सो ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ को आयोजक संस्था कथित् ‘राई !’ जातिको नाममा संस्था दर्ता ऐन-२०३४ अन्तर्गत खुलेको-दर्ता गरिएको अनि समाज कल्याण परिषद दर्ता नम्बर-२६५६ र र काठमाण्डौ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर-३२८/०४९/०५० रहेको ‘किरात राई यायोक्खा’ नामक एनजिओलाई आफ्नो मातृ संस्था मान्ने किरात राई प्रज्ञा परिषद रहेको थियो । निश्चय नै नेपालका कुनै पनि जातजाति, समुदाय, भाषाभाषी, धर्म, लिङ्ग, गोत्र, वंश, वर्ग, समूह आदि बारे गोष्ठी, सङ्गोष्ठी र ‘प्राज्ञिक सङ्गोष्ठी आदि गरिनु धेरै राम्रो हो । त्यसैले ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ का आयोजक ज्यूहरुलाई धन्यवाद छ । तर, ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ को आयोजक संस्थान र उनका-उसका मातृ संथा जुन संस्था ‘संस्था दर्ता ऐन-२०३४ अन्तर्गत खुलेको-दर्ता गरिएको अनि समाज कल्याण परिषद दर्ता नम्बर-२६५६ र र काठमाण्डौ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर-३२८/०४९/०५०’ रहेको, ले सर्व प्रथम ‘राई !’ के हो ? ‘राई !’ भनेको जात, वर्ग, समूह, क्लब आदि मात्रै हो कि ? जाति वा समुदाय हो ? यदि राई !’ भनेको जात, वर्ग, समूह, क्लब आदि मात्रै हो भने सक्कि गो ! किनभने जात, वर्ग, समूह, क्लब, साजाजिक संस्था आदि चाँहि जो-जसको पनि हुन सक्छ ।
तर ‘राई !’ भनेको जाति वा समुदाय नै हो भने त ‘राई !’ को ऐतिहासिक भूमि, ‘राई !’ को मौलिक भाषा (मातृभाषा) ‘राई !’ को पितापूर्खा, ‘राई !’ को वंश–परम्परा, ‘राई !’ को मौलिक चाडपर्व, ‘राई !’ को मौलिक भेषभुषा, ‘राई !’ को मौलिक संस्कार, संस्कृति आदि के हो ? छ, छैन ? छ भने त ठीकै छ । नत्र भने त …‘देखाउन सपहिले त यसैमा प्रस्ट हुनुपर्ने देखिन्छ । किनभने अहिलेसम्म समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र र काठमाण्डौ जिल्ला प्रशासन रजिस्टर्ड नम्बर–३२८/०४९/०५०’ रहेको, ‘किरात राई यायोक्खा’ नामक एनजिओका प्रमुखहरुले विगत लामो समयदेखि (विंसं २०४६ को राजनैतिक परिवर्तनपछि) ‘२८ भाषी ‘राई !’ एक जाति ‘राई !’ वा ‘एक जाति ‘राई !’ ‘२८ भाषी ‘राई !’ को नाममा बेलायती सेना, भारतीय सेना, सिंगापुर प्रहरी, ब्रुनाईको राजप्रासादमा सेवा गर्ने सेना तथा भूपू सेना (मामा-माइजुहरु) एवम् युरोप, अमेरिका, खाडी देश, जापान, दक्षिण कोरिया, मलेसिया आदि देशमा रगत र पसिना बगाउन गएका दाजुभाइ एवम् दिदीबहिनीलाई भ्रममा पारेर धेरथोर आर्थिक सयहोग र चन्दा लिने अनि कथि ‘राई !’ जातिको संख्या र भीड देखाएर राजनीति गर्ने एवम् व्यक्तिगत फाईदा लिने काम नगर्ने कि ?
चुरो कुरो के हो भने, प्राज्ञिक संस्था भएपछि, प्राज्ञिक व्यक्ति-व्यक्त्वि भएपछि काम पनि त्यही अनुसार गरे राम्रौ हुन्छ । भनाइको मतलब नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा हल र पारिजात हलमा दुई दिने ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ जुन आयोजना गरिएको थियो । सो ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ को आयोजक संस्था किरात राई प्रज्ञा परिषदले कार्यपत्र प्रस्तोताहरुलाई तथ्यमा आधारित र गहिरो अध्ययन गरेर मात्रै आफ्नो कार्यपत्र ल्याउनु वा प्रस्तुत गर्न निर्देशन दिनु पर्ने थियो । वा प्राज्ञिक संस्था भएपछि, प्राज्ञिक व्यक्ति-व्यक्त्वि भएपछि आफ्नो आयोजनामा प्रस्तुत हुने कार्यपत्र आधाहीन र फगत कसैसँग रीस उठेको झोँकमा त्यसको बदला लिनलाई मात्रै कुनै गाउँ, ठाउँ, खोला, नाला, वन, जंगल, रुख, चरा, मुसा, बिरालो, हलो, कोदालो आदिको नाममा जाति भनी दावी गर्नेहरुलाई पनि कार्यपत्र प्रस्तुत गर्न दिईएको थियो, भने आफ्नो जाति वा समुदायका बारेमा खासै ज्ञान वा सामान्य जानबारी नै नभएकाहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए, देखियो । फलतः फ्लोरबाट प्रश्न गर्दा, प्रश्न उठ्दा केही कार्यपत्रका प्रस्तोताह जुन प्रश्नको जवाफ पनि थाहा छैन, अध्ययन गरेको छैन ? भनेर लाचार बन्न विवश भएका थिए । अर्थात् केही कार्यपत्र प्रस्तोताहरुले लाचारीका साथ आफ्नो अनविज्ञता प्रकट गरेका थिए, जवाफ फर्काएका थिए ।

माथि मैले कुनै गाउँ, ठाउँ, खोला, नाला, वन, जंगल, रुख, चरा, मुसा, बिरालो, हलो, कोदालो आदिको नाममा जाति भनी दावी गर्नेहरुलाई पनि कार्यपत्र प्रस्तुत गर्न दिईएको थियो भने त्यो थियो -महाकुलुङ क्षेत्रको पिल्मो-पेल्माङ गाउँको नाममा ‘पिल्मो राई !’ जातिमा ‘मिम्छा देवीको स्वरुप वायोमे’ नामक कार्यपत्र । सो कार्यपत्र मेलिना पिल्को राई ! सायद उहाँ होलोन्ती पाछाको कुलुङ हुनुहुन्छ होला ! साथै उहाँको मावली चाहिँ गुरुत्तीस पाछाको कुलुङ रहेछ । तर, आखिरमा ‘वायोमे’ पिल्मो-पेल्माङ गाउँका कुलुङहरुले मात्रै नपुजेर, नमानेर उँभोखोलाका लगभग सबै किरातीभित्रका खम्बुहरुले पुज्ने, मान्ने रहेछन् । मैले आयोजकहरुलाई प्रश्न गरेको थिए, अझै पनि प्रश्न गर्छु कि म तेह्रथुम जिल्लाको कुलुङ हुँ । अर्को वर्ष म पनि ‘म तेह्रथुम राई !’ अलग्गै हुँ भनेर कार्यपत्र प्रस्तुत गर्न चाहान्छु, के त्यसरी मलाई ‘म तेह्रथुम राई !’ अलग्गै हुँ भनेर कार्यपत्र प्रस्तुत गर्न अनुमति दिईन्छ त ? त्यस्तै गरेर महाकुलुङ क्षेत्रकै विभिन्न गाउयँहरु जस्तै निम्चोला, चाचालुङ, खिरौले, बुङ, गुदेल, साद्धी, खार्दो, छेक्मा, चित्रे आदि गाउँका कुलुङहरुले ‘-निम्चोला राई, खिरौले राई, बुङ राई, गुदेल राई, चित्रे राई, साद्धी राई, खार्दो राई, छेक्मा राई चाचालुङ राई आदि भनेर कार्यपत्र प्रस्तुत गर्न चाहेमा अनुमति दिने हो, राई प्रज्ञाका प्राज्ञ ज्यूहरुले ?
निश्चय नै नेपालका कुनै पनि जातजाति, समुदाय, भाषाभाषी, धर्म, लिङ्ग, गोत्र, वंश, वर्ग, समूह अकथित् ‘राई !’ जातिको नाममा संस्था दर्ता ऐन-२०३४ अन्तर्गत खुलेको-दर्ता गरिएको अनि समाज कल्याण हुनत आम मानिसहरुलाई ‘राई !’ भन्ने बित्तिकै साँच्चै नेपालका एक जाति नै हो भन्ने भ्रम रहेको छ । यसो हुनुम विसं २०२१ मा आएको भूमिसुधार ऐन लागू हुनुअघि स्थानीयस्तरका शासक र सामन्तहरुले मात्रै (जसलाई तालुकदार, जिम्मावाल, मुखिया भनिन्थ्यो) नामको अगाडि मात्रै ‘राई !’ लेख्न पाउँथे । जस्तै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आदि भनेभैmँ ऊ वेलामा ‘राई !’ पद पाउने असली वा भनौं मुख्खेलीहरुले पनि आफ्नो नामको अगाडि नै फलानो ‘राई !’, ढिस्कानो ‘राई !’ भनी लेख्नु पथ्र्यो, लेख्ने गर्थे ।
तर, अहिले त आम मानिसहरुमा ‘राई ! भन्नाले जातै हो, ‘राई !’ जातै थियो ? भन्ने भ्रम परेको छ । त्यसमाथि हिजो अस्तिसम्म ‘जसले राई होइन भन्दैछ, उसको नागरिकता र तीन पुस्तेमा समेत ‘राई !’ छ भनी भ्रम फिजाईयो, अझै पनि कताकती त्त्यस्तो भ्रम फिजाईँदैछ । यसरी एक जाति ‘राई !’, २८-२९ (यति नै भनी टुंगो छैन) भाषी ‘राई !’ भनी अझै पनि झालेमाले कुरो गरेर, ठूलो भीड र धेरै संख्या देखाएर, यसोउसो गरेर धेरै मानिसहरुले व्यक्तिगत फाईदा लिई रहेका छन् । फलतः अलगअलग जातीय स्वपहिचान भएका किराती महाजातिभित्रकमा कुलुङ जाति लगायत किरातीहरु जसको नेपालका अन्य जातजाति, समूह, वर्गका मानिसहरुसरह अलग्गै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक लगायत आधारहरुसहित छुट्टै जाति हुने आधारहरु छ, तापनि उनीहरु नेपालका राजनीतिक दल, तिनका नेताहरुका साथै अन्य जातजातिका बिचमा जानाजान अथवा अन्जानमा ‘राई !’ भनेर चिनिनुपर्ने विद्यमान अवस्था रहेको छ । असलीयतमा हामी ‘राई !’ नभएर खम्बुका सन्तान हौं, १६ खम्बुका सन्तान हौं ।
वास्तवमा ‘राई !’ न त नेपालको कुनै ‘जात’ हो, न त ‘जाति’ नै । यो त शासकहरुले हाम्रा पितापूर्खाहरुलाई स्थानीयस्तरमा शासन गर्न दिईएको.पद-पदवी-पगरी मात्रै हो । साथै यो ‘राई !’ पद-पदवी-पगरी सेन वा शाह-राणाहरुको शासनकालदेखि पञ्चायती व्यवस्थासम्म पद-पदवी-पगरीकै रुपमा प्रचलनमा रहेको थियो । जहाँसम्म नागरिकता, जग्गाधनी पूर्जा, पेन्सन पट्टा, वृद्घभत्ता कार्ड, स्कूल, कलेज, विश्वविद्यालय पढेको सर्टिफिकेट, ड्राइभिङ लाइसेन्स, विदेश जाने पासपोर्ट, आदिमा समेत ‘राई छ !’ भनी उदाहरण दिईने गरिन्छ, त्यो भनेको उसको जातीय स्वपहिचान नभएर उसले गरेको कामको प्रमाणपत्र मात्रै हो । कुनै पनि मानिसको नागरिकता र पासपोर्ट भनेको निश्चय नै ऊ कुन देशको नागरिक हो ? उसलाई चिन्ने वा प्रमाणित गर्ने परिचयपत्र हो भने, जाति वा समुदाय (अझ आदिवासी) हुनलाई त ऐतिहासिक भूमि, छुट्टै मातृभाषा, छुट्टै भेषभुषा, छुट्टै धर्म, हामी भन्ने भावना, परम्परागत कानुन, फरक जीवन शैली, फरक गरगहना, फरक र मौलिक चाडबाड, संस्कार, संस्कृति, जात्रामात्रा, बाजागाजा, लोक जीवन, मिथ वा मिथक, रहनसहन, मूल्य-मान्यता आदि हुनै पर्छ । तर, ‘राई !’ भनेको त सुरुमा ‘राय-राया-राइ’बाट आएको र सबैभन्दा पहिले दैलेखको दुल्लुमा ‘राय’ शब्द प्रयोग भएको पाईएको छ । त्यही ‘राय’ शब्द अपभ्रंश भएर ‘राय-राया-राइ’बाट ‘राई !’ भएको शब्द हो । जुन शब्दले ऊ वेला कर्णालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । त्यसो त नेपाली वृहत् शब्दकोशअनुसार ‘राई भन्नाले एक च्याङ्ग्रा, राई कालीगण्डकीतिर पाईने गँडेरो माछा, मुडली गहुँ, पिप्लाको साग,…हो । अर्को महत्वपूर्ण प्रश्न भनेको यदि साँच्चै एक जाति ‘राई !’, २८-२९ भाषी हो, छ भनेदेखि, किन ‘राई !’ भनिनेहरुको संस्थाको नाम चाहिँ बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखिएको हो, छ ? त्यस्तै ‘राई !’ जातिको नाच भनेर चाम्लिङ जातिको ‘साकेला’ नाचलाई किन अपनाईएको छ ? यसरी हेर्दा त ‘दिनलाई रात ! र रातलाई दिन !’ भनी जबरजस्ती प्रमाणित गर्न खोजे जस्तो भएन र ? लौ एकछिनलाई मानौं कि, एक जाति ‘राई !’को २८-२९ वटा मातृभाषा हुन सक्छ रे ! तर, अहिलेसम्म कुनचाहिँ ‘राई !’ ले म एक जाति रमाई हुँ तर मेरो मातृभाषा चाहिँ २८-२९ वटा छ भनेर २८-२९ भाषामा खररर … बोल्न सक्छ ? त्यसैले बिना आधार र प्रमाण राई जातै हो ! भनी कहिलेसम्म ‘सुगा रटाई गरीरहने ?’ राई जातिका बारेमा असलीयतमा के हो भने, हामी कुलुङ लगायत हाल राई भनी चिनिनेहरु १६ खम्बुका सन्तानहरु हौं ।
तर, विसं २०२१ सालमा आएको भूमिसुधार ऐन र, सो ऐन गाउँगाउँ, टोलटोलमा लागू भएपछि ‘रैती’ वा भनौं ‘ढाक्रे’हरु (अहिहेलेको भाषामा जनता) ले पनि आफ्नो नामको पछाडि ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’ ‘देवान’, ‘चौधराई-चौधरी’ आदि लेख्न पाए । त्यसअघि केन्द्र सरकारलाई निश्चित रकम जस्तै भूमि कर, ठेकीबेठी, बेठबेगार, खर्चरी, सिर्तो आदि तिरेर मात्रै ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल हुन पाउँथे । उनीहरुका हातमा तिरोभरो उठाउने, झैझगडा मिलाउने (पञ्चखत बाहेकको) ९९ रुपैयाँसम्मको जग्गा–जमीन किनबेच (घरायसी राजिनामा) गर्ने लगायत नियाँ-निसाफ आदि हेर्ने अधिकार दिईएको थियो । तर, सो वापत ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावालहरुले आफ्नो अधिकार क्षेत्रभित्रका रैती वा ढाक्रेहरुलाई बोलाएर टीका-जमरा लगाई दिनैपर्ने, दसैं मान्नैपर्ने, दसैं मानेको प्रमाणस्वरुप ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’हरुको मूल ढोकाको दायाँ वा बायाँतर्फ मौलोमा मार हानिएको बोको वा राँगो (पदअनुसार जस्तै सानो राई वा सुब्बाले आफू जत्ति नै धनी भए पनि बोको मात्रै मार हान्न पाउँथ्यो भने, ठूलो राई वा सुब्बा जति नै गरीब भए पनि राँगो नै) मार हान्नु पथ्र्यो । अझै पनि त्यसरी ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल भएका स्थानीयस्तरका छोटे राजाका सन्तानलाई ‘फलानो जिम्मावाल वा फलानो तालुकदार अथवा फलानो मुखियाका सन्तान’ भनेर बोलाउने प्रभचलन हटिसकेको छैन, त्यसरी फुर्को लाएर बोलाउने गरिएकै छ । त्यस्ता ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा भनौं जिम्मावालका जेठो छोरोहरु काठमाण्डौ लगायत सहर बजारमा अझै पनि प्रशस्तै भेट्न सकिन्छ । त्यसैले राई नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुलाई उनीहरुको भूगोलसमेत फुटाएर वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत खम्बुका सन्तानलाई ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पद-पदवी-पगरी दिईएको थियो, हो भन्ने प्रस्टै छ ।
राई …किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखिएको छ । त्यस्तै ‘सबै जातको फूलबारी’ नामक किताबको पाना नम्बर- ५ मा राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किराँतमा धेरैजसो राईहरु आफूलाई जिमी वा जिमीनदानर भन्ने गर्छन् ।…बाहुनलाई पण्डित, नेवारलाई साहूजी, राणा र ठकुरीलाई बाबुसाहेव, अरु छेत्तीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, दमाईलाई नगर्ची, सार्कीलाई मिजार,…भनी लेखेका छन् । त्यस्तै गरेर ‘सबै जातको फूलबारी’ नामक किताबकै पाना नम्बर-९ मा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पर्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी थिए ।’ भनी लेखेका छन् भने चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘…राई…द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द रहुन पनि यो पङ्तिकारले सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रश्नोत्तर-उत्तर सुरु भएपछि ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भनेर प्रष्ट्याउँदा जवाफ दिनुपर्नेहरुले अन्टसन्ट जवाफ दिएको भए तापनि भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले यो पंक्तिकार नजिक आएर ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन आएपछि जग्गा-जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली राई बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनी बबाल गरेका थिए ! आखिरमा रैती/ढाक्रेहरुलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न चार-पाँच दिनसम्म पञ्च-भलाद्मीहरुको भेला नै डाक्नु परेको थियो ।’ भनी बताएका थिए । स्मरण रहोस्, ‘राई !’ साँच्चै जात वा जाति हो कि पद-पदवी-पगरी मात्रै हो ? भनी जान्न, बुझ्नका लागि त्यो वेलाका ठूला ‘राई !’ अर्थात् ५२ पगरीका ‘राई !’ का खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा-अन्नपूर्ण-नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको अमाली राई खलक ५२ पगरीका ठूला राई खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकका ५२ पगरीका ठूला ‘राई !’ का जेठो छोरोहरुलाई सोधखोज गर्दा पनि हुन्छ । उनीहरु धरान, बिराटनगर, काठमाण्डौ लगायतका सहर-बजारमा अझै भेटिन्छ ।
विसं २०४६ को राजनैतिक परिवर्तनपछि नेपालमा संघ-संस्था खोल्नलाई वातावरण केही खुकुलो भएपछि ‘संस्था दर्ता ऐन-२०३४’ अन्तर्गत राई जातिको नाममा ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६ र पछि काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर-३२८/०४९/०५०) दर्ता गरियो । तर, सो संस्था दर्ता भएपछि राई जातिको नाममा यायोक्खाका हर्ताकर्ताहरुले बान्तावा जातिको भाषा र राई जातिका नाचका नाममा चाम्लिङ जातिको ‘साकेला’ कुलुङ लगायत १६ खम्बुका सबै सन्तानहरुलाई जबरजस्ती लादियो/लाद्न खोजियो । त्यसपछि नै हो, कुलुङ समुदायका अगुवाहरुले विसं २०४८/०४९ मा कुलुङ जातिको छुट्टै जातीय संगठन खोले, खोलेका हुन् । त्यसअघि नै विसं २०४४ को पुसतिर कुलुङका केही अगुवाहरु भेला भएर धरानमा एक तदर्थ समिति गठन गरेका थिए ।
क्रमशः १६ खम्बुका सन्तानहरुले पनि वास्तविकता बुझ्दै गएपछि यायोक्खालाई छाड्दै गए, गएका छन् । तर, अझै पनि आफ्नो वास्तविक इतिहास र पिता-पूर्खाबारे र जातीय स्वपहिचान के हो ? भन्ने बारेमा प्रस्ट नभएका, आफ्नो मातृभाषा, संस्कार, संस्कृति, भेषभुषा, चालचलन, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना आदि थाहा नभएका वा मतलब नगर्ने र, राईको नाममा राजनीति गर्ने (भिड र संख्या देखाएर) कामरेडहरुले भने अझै पनि यायोक्खा नामक एजिओको भाषिक सम्बद्घता ! लिएरै बसेका छन् । त्यस क्रममा कस्तो सम्म भएको छ भने, मकवानपुर जिल्लाका केही दनुवारहरुलाई धेरै अघि नै ‘देवास राई !’ भनी राई जातिको भाषिक सम्वद्धदता दिईएको छ भने, नुवाकोट जिल्ला र सल्यान जिल्लाका दनुवारहरुलाई पनि …राईको सम्वद्धदता दिईएको छ । तर, अधिकारकर्मी ज्योती दनुवार र राजनीति लागेका राजन डोनेका अनुसार ‘देवास’ भनेको दनुवावारहरुको धामी-झाँक्रीले कूल पूजा गर्दा खेलाउने देउता (देउ-देवीको) नाम मात्रै हो ।
कुलुङ जातिका अगुवाहरुले विसं २०५७/०५८ देखि नै ‘कुलुङ जाति अलग्गै जाति वा समुदाय नै हुन्, कतिथ् राई होइनन् है !’ भन्दै आएका हुन् । अलग्गै जातीय स्वपहिचानका लागि लामो समयदेखि संघर्ष गर्दै आएका हुन् । किनभने, कुलुङ जातिभित्रै ३६० देखि ३८० वटासम्म थर, उपथरहरु छन्, त्यसैले कुलुङ-कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । त्यस्तै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रुपमा आएको थियो । सो जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको थियो भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ पुगेको छ भने कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आफ्नो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउने ४० हजार ४७९ रहेको छ ।