काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
एकैदिनमा ३ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ अघिल्लो दिन १ लाख ८७ हजार रुपैयाँ थियो। अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चुलिएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।
विशेषज्ञहरूका अनुसार अस्थिरता बढेसँगै लगानीकर्ताहरू सुरक्षित विकल्पको रूपमा सुनमा आकर्षित हुँदा मूल्य बढेको हो।
