रामबहादुर बम्जनले पाए सफाइ

  सगरमाथा अनलाइन
511 Shares

काठमाडौं  । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपमा दोषी ठहरिएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनसहित ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई समेत निर्दोष ठहर गरेको हो ।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । तर उच्च अदालतले ६ चैत, २०८० मा भएको फैसलामार्फत उक्त आरोपबाट उनीहरूलाई पूर्ण रूपमा सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार