उदयपुर १४ भदौ । अत्याधिक गर्मि बढेसंगै जिल्ला अस्पताल गाईघाटमा रुघाखोकी र भाइरल ज्वरोको बिरामी बढेको छ । रुघाखोकी र भाइरल ज्वरोको कारण अस्पतालको कुनै पनि बेड खाली छैन ।
दैनिक जसो बिरामी बढेको बढेकै गरेकाले उपचारमा समेत समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. बिष्णुबहादुर बस्नेतले बताउनु भयो । डा बस्नेतका अनुसार दैनिक १ सय ५० भन्दा बढी बिरामीहरु आउने गरेको छन । सदरमुकाम बाहेक जिल्लाको रामपुर, बेल्टार, कटारी, रौताका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा दैनिक ७०० भन्दा बढी विरामी उपचार गर्न आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा मात्र दैनिक पाँच सय भन्दा बढि उपचार गर्न आईरहेका छन भने निजिमा करिव दुई सय जनाले दैनिक उपचार गर्ने गरेका छन । त्यसमा अधिकांस रुघाखोकी र भाइरल ज्वरोको बिरामी हुने गरेको छ । जिल्ला अस्पतालका सबै बेड भरिएका छन् क्याबिन, डे«सिङ्ग कोठामा समेत बेड लगाएर उपचार गर्नु परेको छ । भाईरलबाट बच्न भिड भाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुन पानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने गर्नाले रोगबाट बच्च सकिने चिकित्सकको सल्लाह छ ।
त्यसैगरी जिल्ला अस्पताल गाईघाटमा दरबन्दीको चिकित्सक नहुँदा समस्या हुने गरेको छ । दरबन्दी भएपनि चिकित्सक नहुँदा अस्पतालमा उपचार गर्न आउने बिरामीहरुले समस्या झेल्न बाध्य भएका छन ।
सरकारले जिल्ला अस्पताल गाईघाटलाई ५० शैय्यामा परिणत गरि अस्पतालमा विशेषज्ञ सहित १४ जना चिकित्सकको दरबन्दी बनाएको भएता पनि हाल सम्म एक जना पनि विशेषज्ञ चिकित्सक मन्त्रालयले नपठाउदाँ समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।
उदयपुरमा भाइरल ज्वरोको बिरामी बढे
0
Shares