सोल,२१ कात्तिक । दक्षिण कोरियाको दिजीएन सहरनजिकै रहेको एक राजमार्गमा दुर्घटना हुदाँ कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० भन्दाबढी व्यक्ति घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।
सो बसमा ४५ जना यात्रु सवार रहेका र उच्च गतिमा नरहेको आचनक एक मोडमा आइतबार बिहान सवेरै पल्टिन पुगेको सो बसमा सवार रहेका व्यक्तिहरुलाई उद्र्धृत गर्दै योन्हाप समाचार समितिले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटनाको थप कारणको विषयमा अनुसन्धान गरिरहेको छ । यस घटनामा घाइते भएका सवै व्यक्तिहरुलाई उपचारार्थ अस्पताल लगिएको र घाइतेमध्ये आठ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।