बुल्गेरियामा नयाँ राष्ट्रपतिका लागि मतदान

7 Shares

सोफिया, २१ कात्तिक । बुल्गेरियामा नयाँ राष्ट्रपति छनौटका लागि आईतबार मतदान सुरु भएको छ । राष्ट्रपतिको यस चुनावबाट वर्तमान राष्ट्रपति रोजिन प्लेभ्नेलिभलाई प्रतिस्थापन गर्ने छ ।

झण्डै १२ हजार ४०० भन्दा बढी मतदान केन्द्रहरुमा स्थानीय समय अनुसार आइतबार विहान ७ बजे देखि बेलुका ८ बजे सम्म मतदानको समय तोकिएको छ ।

निर्धारित समयावअधिमा विदेशमा रहेकाहरुलाई मतदानका लागि पनि ७१ देशमा ३२५ ओटा मतदान बाकस राखिएका छन् । मतदानको आधिकारिक नतिजा आगामी मङ्गलबार मात्रै आउने बताइएको छ ।

निर्वाचनमा विजयी हुनका लागि कुनै पनि उम्मेदबारले खसेको कुल मतको ५० प्रतिशत मत प्राप्त गर्नु पर्ने कानुनी व्यवस्था छ ।

निर्वाचनमा उत्रिएका २१ जना उम्मेदबारहरु मध्ये पहिलो चरणको निर्वाचनमा कसैले पनि निर्वाचित हुन आवश्यक मत पाउने संभावना कम देखिएको बताइएको छ ।

मतदाताहरुमा गरिएको एक सर्वेक्षण अनुसार जीइआरबी पार्टीका उम्मेदबार चेस्का र चाचेभा र बुल्गेरियन सोसियोलिष्ट पार्टीका रुमेन रडेगरी दुई जना उम्मेदबारहरुबीचमा दोस्रो चरणको प्रतिश्पर्धा हुने देखिएको छ । दोस्रो चरणको मतदान एक हप्तापछि हुने निर्वाचन कार्यतालिकामा जनाइएको छ ।

हालका राष्ट्रपति प्लेभ्नेलिभ सन् २०११ को अक्टोबरमा जीइआरबी पार्टीको तर्फबाट उम्मेदबार भई निर्वाचित हुनु भएको थियो ।

तर उहाँले अहिले पाँच बर्षे दोस्रो कार्यकाल आफ्नो व्यक्तिगत कारणले पुरा गर्न नसक्ने बताउनु भएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार