२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोट



जाकर्ता, २१ कात्तिक । पश्चिमी इण्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा पर्ने माउन्ट सिनावुङ्गमा शनिबार ज्वलामुखी विष्फोटन भएको प्रकोप नियन्त्रणका एक अधिकारीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार, आइतबार विहान ७.४६ बजे ज्वालामुखी विस्फोट भएको थियो । राष्ट्रिय उद्धार व्यवस्थापन संस्थाले घटनास्थलमा उद्धारका कार्यहरु भईरहेको जनाएको छ ।

पर्यटकहरुले समेत घटनास्थलबाट घाइतेहरुको उद्धार गरेको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  ३ : २८ बजे