रसियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु

0 Shares

मस्को (रसिया), २१ कात्तिक । रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा छ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले बताएका छन् ।

घटनामा चार जना घाइते भएका छन् ।

मस्कोदेखि २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको दुईतले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ ।

रसियाली समाचार संस्थाले क्षेत्रीय आपतकालीन मन्त्रालयका प्रवक्ता ओल्गा डोलेवाले घटनामा एक चारवर्षे बालिकासहित छ जनाको मृत्यु भएको जनाउनुभयो । रासस/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार