चाक्चाकुरको तयारी शुरु

0 Shares

काठमाडौं, २१ कात्तिक । कुलुङहरुको नयाँ वर्ष मिनारी दाचाम् चासुम लो नीङदोङ चाक्चाकुर किरात संवत ५०७७ सालको बृहत कार्यक्रमको लागि तयारी शुरु भएको छ । काठमाडौं उपत्यकामा भएका कुलुङहरुका लागि चाक्चाकुर भव्य रुपमा मनाउनको लागि अहिलेदेखिनै तयारी थालिएको कार्यक्रम संयोजक टंकराज होङेलु कुलुङले बताए ।
नयाँ वर्ष चाक्चाकुरमा कुलुङ साँस्कृतिक कार्यक्रमको साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने समेत संयोजक कुलुङले बताए । साथै स्थानीय कलाकारहरुको फरक प्रस्तुतिलाई समेत प्राथमिकताका साथ कार्यक्रममा राखिने छ ।
tanka-raj-honelu-kulung-pho
काठमाडौंको चाबहिलस्थित एस आर पार्टी प्यालेसमा आउने पुस ९ गते कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अनिवार्य उपस्थितिको लागि उपत्यकामा रहनु भएका सम्पूर्ण कुलुङ लगायत किरात तथा अन्य आदिवासी जनजातिहरुलाई समेत आग्रह गरिएको संयोजक कुलुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार