काठमाडौं, २२ कात्तिक । विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्दै आएको एड्भेन्चर्स अफ द इयर अवार्डक लागि गरिएको डे फाइभको भोटिङमा अल्ट्रा म्याराथन धाविका मीरा राईले अग्रता लिएकी छिन् । डे फाइभको भोटिङ लिष्टमा बेलुकी १० बजेसम्ममा राईले ३ हजार ५ सय ४६ मत ल्याएर पहिलो स्थानमा रहन सफल भएकी छिन् ।
विश्वभरका साहसी खेलमध्ये बाट १२ औं संस्करणको टप टेनमा पर्न सफल भई भएको भोटिङको डे फाइभमा धाविका राईले अग्रता लिएकी हुन् । मनोनयनमा परेका अन्य ९ जना साहसिक व्यक्तित्वलाई पछि पार्दै राई सबैभन्दा बढी भोट ल्याउने सूची परेकी छिन् ।
विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ तारिखका दिन सकिनेछ । धाविका राईलाई भोट दिनको लागि यो लिङमा
http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year क्लिक गरी Meet the 10 Most Inspiring Adventurers of the Year
को तल Vote every day for the People’s choice मा क्लिक गरी Trail Runner Mira Rai मा क्लिक गरी SEE THE BREAKDOWN मा क्लिक गरी लिङ्ग र उमेर राखी क्लिक गरी भोट गर्न सकिन्छ ।

२२ कार्तिक २०७३, सोमबार
0
Shares







