म्याग्दी, २३ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।
चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गालेका हुन् ।
माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताए ।
उनीहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्किएका थिए ।