४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

मतदानपूर्व प्राप्त बिबिध समाचार



वासिङ्गटन, २३ कात्तिक । मतदान केन्द्र खुल्नु आधा दिन मात्र बाँकी रहेको अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबै उम्मेदबार बिभिन्न राज्यमा सोमबार साँझ अन्तिम तीव्र प्रतिस्पर्धामा ब्यस्त भै रहेकोबारे बिबिध समाचारहरु प्राप्त भै रहेका छन्ः
फिलाडेल्फियाः फिलाडेल्फियाको इन्डिपेडेन्स हलबाहिर आयोजित अमेरिकी राष्ट्रपति बाराक ओबामा, उहाँकी धर्मपत्नी प्रथम महिला मिसेल ओबामासमेत उपस्थित एक बिशाल ¥यालीलाई हिलारी क्लिन्टनले सम्बोधन गर्नुभयो ।
पहिला आयोजित आमसभा, ¥यालीलगायत प्रचारप्रसार अभियानका कार्यक्रमहरुमा आफू अलि बढ्तै आक्रोशित हुनु परेकामा पश्चाताप गर्दै हजारौं समर्थकहरुका माझ उहाँले “यो निर्वाचन हाम्रो परीक्षाको घडी हो, यसमा कसैको विरुद्ध नभई कसैको समर्थनमा मतदान गर्न” आह्वान गर्नुभयो ।
यसअघि, पेन्सिल्भानिया राज्यमा विजय सुनिश्चित गर्ने प्रयास स्वरुप आयोजित एक बिशाल ¥यालीमा हिलारीका पति पूर्वराष्ट्रपति बिल क्लिन्टन, छोरी चेल्सिया र वर्तमान राष्ट्रपति ओबामा र धर्मपत्नी मिसेल र ठूला अमेरिकी राजनीतिक हस्तीहरु र प्रख्यात पप गायकहरु ब्रुस स्प्रिङ्गस्टिन तथा जोन बोन जोभीलगायत अन्य धेरै प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागीता थियो ।
उक्त ¥याली फिलाडेल्फिया पुगी यहाँ प्रतीक्षारत हजारौं समर्थकहरुसँग मिसिई एक बिशाल आमसभामा परिणत भएको थियो ।
फिलाडेल्फियाः सङ्गीत, चलचित्र तथा कलाकर्मीहरु तथा पप गायकहरु सम्मिलित, फिलाडेल्फियामा आयोजित अर्को एउटा अन्तिम आसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले “मन चन्चल भएका मतदाताहरुले डोनाल्डको विपक्षमा भोट खसाल्न हिचकिचाउनै पर्दैन, विकल्पमा तपाईंहरुलाई एउटी असाधारण महिला उपलब्ध छँदैछन् नि” भन्नु भयो ।
कहिलेकहीँ ट्रम्प अभियानको निरर्थक भाषण र वाहियात प्रलाप सुन्दा सुन्दा “जिब्रो टोक्नु परेको” भन्नुहुँदै राष्ट्रपति ओबामाले ट्रम्पलाई “लहडी व्यक्ति, क्लिन्टनलाई धोखापूर्ण महिला भनी अनर्गल प्रचार गर्दै विद्वेष फैलिने दुष्कार्य गर्ने व्यक्ति” को संज्ञा दिँदै एक खास अमेरिकी नागरिकसरह क्लिन्टन पनि दृढ आत्मविश्वास भएकी सच्चा नारी हुनुहुन्छ भन्नु भयो । यस्ती सच्चा नारीलाई राष्ट्रपति पदमा जिताउन उहाँले आह्वान गर्नुभयो । रासस/एपी

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार  ९ : ५० बजे