काठमाडौं, २४ कात्तिक । विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्दै आएको एडभेञ्चर्स अफ द इयर अवार्डक लागि गरिएको डे सिक्स भोटिङको अन्तिम समयमा मीरा राई पुन: पहिलो स्थानमा उक्लिन सफल भएकी छिन् । राईले Cave Diver Krzysztof Starnawski लाई पछि पार्दै पहिलो स्थानमा उक्लिन सफल भएकी हुन् । Starnawski ५ हजार ३ सय १० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । डे सिक्सको भोटिङ अन्त्यमा राईले ५ हजार ३ सय १५ मत ल्याएर पहिलो स्थानमा उक्लिएकी छिन् । डे सिक्सको भोटिङ गर्ने समय अब १ घण्टा मात्र बाँकी छ । Starnawski र राईको भोटिङ मत मात्र ५ मतको फरक छ । राईलाई भोट दिन सबैलाई अपिल गरिएको शुभचिन्तकहरुको भनाई छ । राईलाई अझै डे सिक्सको भोटिङमा जिताउन सकिने उनीहरुको दावी छ ।
विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ तारिखका दिन सकिनेछ । धाविका राईलाई भोट दिनको लागि यो लिङमा
http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year क्लिक गरी Meet the 10 Most Inspiring Adventurers of the Year
को तल Vote every day for the People’s choice मा क्लिक गरी Trail Runner Mira Rai मा क्लिक गरी SEE THE BREAKDOWN मा क्लिक गरी लिङ्ग र उमेर राखी क्लिक गरी भोट गर्न सकिन्छ ।