७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

शान्तिका लागि इजरायली बस्ती अवरोध नहुने



जेरुसेलम (इजरायल), २५ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले बिहीबार इजरायली बस्ती शान्तिका लागि बाधक नभएको बताउनुभएको छ ।

ट्रम्पका सल्लाहकार जासन ग्रीन ब्लाट्सले इजरायली सेनिक रेडियोमा बोल्नुहुँदै भन्नुभयो, “सन् १९६७ मा नियन्त्रणमा लिई बनाइएका इजरायली बस्ती प्यालेस्टाइन तथा इजरायलबीचको शान्ति सम्झौताका लागि बाधक बन्नदैनन् । लामो सयमदेखि यस विषयमा अमेरिकाको सकारात्मक पहल नहुँदा शान्ति वार्ता हुन नसकेको भन्ने उहाँको भनाई थियो ।

ग्रीन ब्लाट ट्रम्प अर्गनाइजेसनका प्रमुख कानुनी अधिकृत तथा कार्यकारी उपप्रमुख हुनुहुन्छ । उहाँलाई ट्रम्पले नवनिर्वाचित अमेरिकी राष्ट्रपति आफ्नो इजरायलका लागि उच्च सल्लाहकारका रुपमा खटाउनुभएको छ ।

इजरायल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच खासगरी इजरायलको प्यालेस्टिनी नीतिका विषयलाई लिएर खटपट रहेकोे छ ।

तर नेतन्याहू र ट्रम्पबीच भित्रवत सम्बन्ध रहेकाले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै सम्बन्धमा सुधार आउने विश्लेषकको भनाइ छ । रासस/एपी

प्रकाशित मिति : २५ कार्तिक २०७३, बिहिबार  १ : ३४ बजे