संविधान कार्यान्वयनका लागि औचित्यपूर्ण संशोधन आवश्यक छ ः सभापति अधिकारी

7 Shares

पर्सा, २७ कात्तिक । व्यवस्थापिका–संसद्अन्तर्गतका विकास समितिका सभापति एवम् एमालेका नेता रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनका लागि औचित्यपूर्ण संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

“एमाले पार्टी संशोधनको पक्षमा रहेको बताउँदै उहाँले संविधान संशोधन केका लागि ? कसका लागि ? र कुन विषयमा हुने बारे सरकारले औचित्य खुलाइ छलफल गरे पार्टी संशोधनको पक्षमा रहेको छ” भन्नुभयो ।

प्रेस चौतारी नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता अधिकारीले “आजको पहिलो राष्ट्रिय आवश्कता भानेको नै तिनै तहको निर्वाचन गराउनु रहेको” बताउँदै “संविधान कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि भएपनि स्थानीय लगायत तीनै तहको निर्वाचन हुनु अति आवश्यक छ, त्यसैले निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दछु भन्नुभयो ।”

उहाँले मुलुकमा देखिएका सबै खाले विभेद् अन्त्य गरी संविधान कार्यान्वयनगर्दै अब समृद्ध राष्ट्र निर्माणको बाटो पहिल्याउनुको विकल्प दलहरुसँग नभएको बताउनुभयो ।

अबको राजनीति विकासका लागि हुनुपर्छ, त्यसका लागि दल, पार्टी, कार्यकर्ता र देशको वातावरण पनि व्यपार र विकास मैत्री हुनुपर्नेमा जोडदिदै नेता अधिकारीले भन्नुभयो –“लामो समय लोकतन्त्र प्राप्तिमै खर्चिएको नेपालले अब मुलुकको समृद्धि र विकासको एक सुत्रीय अभियानमा लाग्नुपर्दछ ।”

नेता अधिकारीले निजगढ– काठमाडौँ फास्ट ट्र्याक चार वर्षभित्र नेपाल सरकारले आफैं निर्माण गर्न सबै तयारी पुरा गरेको जानकारी दिदैं फास्ट ट्र्याक निर्माणका विषयमा सबै दलबीच साँझा सहमतिका साथ एक साताभित्र निर्माण कार्यको योजना सार्वजनिक हुने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार