बिहानको ४ बजेको समय । भण्डारी टोलका सानु मायांं भण्डारीलाई घरको काम धन्दाको चटारो संगै छिटै भैंसी पनि दुहुनु छ । “ढिलो भयो भने बुहारी चिया नखाई हिड्लिन्, आज पनि माथि वडामा मिटिंग छ रे उनका,े खाई नखाई हिंड्छे वरा, विरामी परिन् भने ?” सानुमैयांको चिन्ता । उमेरले पचास नाघेकी सानु मायांलार्ई घरको काममा सघाउने बुहारी, छोरा र छोरी पनि छन् तर उनलाई आफनो काम आफै गर्नमा आनन्द लाग्छ । “सबै जना बाहिर काम गर्छन्, बाहिरको काम कहां सजिलो छ र ? झन् बुहारी लाई त गाउं गाउं डुल्नु पर्छ कार्यक्रम गर्नु पर्छ । सवैको समस्या सुनेर सल्टाई दिनु पर्ने काम चानचुने होइन,” सानुमाया लख काट्छिन् ।
सिन्धुपाल्चोक जिल्लाको पेट्कु गाविस अहिले महिला ससक्तिकरणका लागि नमुना गाउं बनेको छ । गाउंमा महिला हिंसाका घटना अत्यन्त न्युन हुंदै गएको छ । रक्सी जांड खाने, गौंडा गौंडामा क्यारेम बोर्ड खेलेर , हल्ला गर्ने पुरुषहरु अहिले आआफनो उद्यम व्यबशाय तिर केन्द्रित भएका छन् ।
यसको कारण महिला हरु संगठित हुनु र उनिहरुमा जागरण र सचेतना आउनु प्रमुख कारण भएको गाविसका सामाजिक परिचालक चन्द्रमा कार्की भण्डारीको ठम्याई छ । आफु सामाजिक परिचालकको जागिरे भएपछि आफनो गाविसका सवै वडामा भएका महिला हिंसा, विविध सामजिक समस्याको निराकरणमा आफु लागि पर्दा थुप्रै समस्या पनि भोग्नु परेको तीतो अनुभव छ चन्द्रमा संग । घरघरमा भएका झै झगडा, महिला माथि भएका हिंसा लगायत समस्या सुल्झाउन जांदा “बडो नेता भएर आउंछें, हिजो भर्खर जागिरे भएर आएकि, यो जावीले के गर्न सक्छे र ?” भनि हेप्ने गरेको नरमाईलो अनुभव पोख्छिन् चन्द्रमा । तर उनले हरेस खाईनन् । आफनो कुरा नट्र्ने देखे पछि उनले समाजका वयो वृद्ध र जसले भनेको मान्छन् तिनिहरुको सहयोग लिई थुप्रै समस्याको समाधान गरेकि छिन् उनले । अहिले गाउंमा उनको इज्जत बढेको छ । सवै महिला पुरुष आफलाई समस्या पर्दा चन्द्रमा कहां गुहार्न पुग्छन् । एउटा सामाजिक परिचालकको रुपमा गाउंका समस्या समाधान गर्न पाउंदा गौरवको विषय बनेकको छ चन्द्रमालाई ।
यस गाविसलाई महिला ससक्तिकरण्का उदाहरणका रुपमा यसरी पनि हेर्न सकिन्छ । नौ वटा वडामा ७ जना महिला संयोजक हरु रहेका छन् भने २ जना पुरुष छन् । जुन महिला ससक्तिकरणको ज्वलन्त उदाहरण हो ।
विनाशकारी भुकम्प र पेट्कु
सिन्धुपाल्चोक जिल्लामा रहेका ६८ गाविस र दुई नगरपालिका मध्यको पेट्कु गाविसको जनसंख्या जम्मा जम्मी २७ सय १२ रहेको छ । जसमा महिलाको संख्या १३ सय २८ र पुरुषको संख्या १२ सय ९९ रहेको छ भने दुई वर्ष मुनिका बालबालिकाको संख्या ८५ रहेको छ । पुरुषको तुलनामा महिलाको संख्या अधिक रहेको यस गाविसमा महिला जागरणको अभियान दृत गतिमा छ । जम्मा ५ सय घर धुरी रहेको यस गाविसमा गत वर्ष बैशाख १२ को बिनाशकारी भुकम्पले पुर्णतया ध्वस्त बनाएको थियो । तर स्थानिय बासिन्दाको मेहनत र जांगरले अहिले यो गाविसमा छिट्टै हरियाली छाएको छ । भुकम्पमा सवै घर भत्किए तर मन भत्किएन गाविसका बासिन्दाको । अन्नका विउ जोगाउन नसक्दा, रोपिएका चैते धान पनि पाल राखी बस्नु परेका कारण नष्ट भएको थियो भने राहत संलनमै व्यस्त हुनु पर्दा भएका बिउ पनि रोप्न नपाएका कारण त्यस क्षेत्रको कृषि उत्पादनमा निकै हस आएको थियो । अहिले नेपाल सरकार अन्र्तगत जिल्ला कृषि कार्यालय र विभिन्न गैर सरकारी संस्थाहरुले धान, गहुं तथा तरकारी लगायतका बिउ हरु वितरण गरेपछि गाउं हराभारा भएको छ । अधिकांस खेतमा धान र कोदोका बाली पाकी सकेका छन् भने विभिन्न तरकारीका उत्पादनहरुले बारी लहलहाउंदो छ । भुकम्पमा पशु बाली नष्ट भएकाहरुलाई आमा समुहले ६ महिने व्याजमा पैसा लगानी गरेको छ जसले गर्दा पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ पेट्कु । एक गैर सरकारी संस्थाले टिन पाता र जस्ता लगाएर अस्थाई घर टहरो बनाई दिएका कारण हिंउद र वर्षा बाट जोगिन सजिलो भएको छ यस क्षेत्रका वासिन्दा लाई । त्यस्तै नेपाल सरकारले पनि घर बनाउन दिने अनुदान रु पचास हजार पनि प्राप्त गरी सकेका छन् प्राय जसो घर धुरीवाला हरुले । बाकी किस्ता पनि छिटो प्राप्त भएमा पक्की घर उनीहरुको लक्ष छ ।
महिला जागरणको अभियानमा पेट्कु
विनाशकारी भुकम्प पश्चात महिला तथा पुरुषमा देखिएको मानसिक विचलन र डर त्रास निराकरणका लागि मनोपरार्मशका लागि सर्जिनसिल महिला लगायतका गैर सरकारी संस्थाको सौजन्यमा स्थापित ‘महिला मैत्री स्थान’ अहिले मनोपरामर्सका लागि मात्र नभई महिला जागरण र सशक्तिकरणका लागि समेत केन्द्रविन्दु बनेको छ । यहां महिला माथि हुने घरेलु हिंसा, पारिवारिक समस्या, लगायत विभिन्न सामाजिक समस्या एक आपसमा बाड्ने र समस्याको समाधान गर्ने स्थलको रुपमा परिणत भएको । तेंतीस जनामहिला सदस्य रहेको महिला मैत्रि स्थानमा अहिले विभिन्न महिला जागरण र अभियानका कार्यक्रम संचालन हुन्छन् । एकहत्तर हजारको लगानी सिर्जनसील महिला लगायतका संस्थाले गरी दिए पछि आफनै श्रमदान बाट निर्मित सो भवनको सरसफाई लगायतका काम महिलाहरु स्वयंमले गर्ने गरेका छन् । आफनो पिडा र समस्या गाउंका दिदी बहिनी माझ पोख्न पाउंदा मन हलुैगो हुने र कतिपय समस्या मनो परामर्स र आपसी सल्लाह बाटै टुंगिने गरेको महिला मैत्री संस्थाका सहजकर्ता पुर्ण तामांङ्ग बताउंछिन् । “कति घरमा सासु बुहारी झगदा पर्छ, बोलचाल सम्म्म हुंदैन । लोग्नेले आर्की ल्याएर स्वास्नी कुट्छन्, त्यस्तो अवस्थामा सासु बुहारी, लोग्ने स्वास्नी समेतलाई छुट्टा छुट्टै बोलाई सम्झाउने गरेका छौं । यसरी घर विग्रन बाट बच्दा निकै खुशी लाग्ने गर्छ पुर्ण तामांङ्गलाई र्
। त्यस्तै गौरवको अनुभुति छ चन्द्र कुमारी तामांङ्गलाई । महिला मैत्री स्थानका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पुर्व जिल्ला संयोजक समेत रहेका तामांङ्गले विगतका दिन देखि महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा थुप्रै काम गरी सकेकी छिन् । पढाइृको नाममा नाम मात्र लेख्न जानेकी उनलाई पढ्न नपाएकोमा निकै दुखेसो छ भने महिला सशक्तिकरणका लागि आफुले गरेका काममा भने निकै गौरव पनि छ । विगतमा चेली बेटि बेच बिखनका लागि बदनाम सिन्धु पाल्चोक अहिले चन्द्र कुमारी जस्ता समाज सेवी महिलाहरुको जागरुकता र निस्वार्थ योगदानका कारण उद्यमसील र कर्मठ महिलाहरुको वासस्थानको रुपमा रुपान्तरित हुंदै गएको छ । अहिले गाविसमा चेली वेटी बेचबिखनको घटना घटेका छैनन् । कुनै चेलीलाई बेचविखनकै लागि लगिएको वा लग्ने संभावना देखियो भने तुरन्तै पुलिसलाई खबर गरी उद्धार गर्ने गरेको अनुभव सुनाउंछिन् अध्यक्ष चन्द्र कुमारी । महिला सशक्तिकरण र जागरणका क्षेत्रमा थुप्रै उदाहरणीय काम गरेकी छिन् उनले गाविसमा । श्रीमानले छोडेर १० वर्ष सम्म बेवास्ता गरिएकि कविता नेपाल (नाम परिवर्तन) लाई सम्झाई बुझाई पढ्न प्रेरित गरीन । कविता पढ्न र काम गर्न जांदा उनको सानो छोरा कहिले लडेर घाईते हुन्थे त कहिले विरामी पर्थे, त्यस्तो बेला चन्द्र कुमारी बालकलाई उपचार गरी आफनो घरमा हेरचाह गरी राख्थिन् । पछि कविता आफनो छोरा बोकेर धन्यबाद दिंदै जान्थिन । अहिले कविता बोर्डिंग स्कुलमा पढाउंछिन भने उनका श्रीमान पनि पछुटाउंदै फर्केका छन् । कविताको दुःखका दिन सकिएको छ । उनको घरवार जोगिएको र श्रीमन श्रीमती मिलेर बसेको देख्दा चन्द्र कुमारीलाई औधि खुसी लाग्ने गरेको छ ।

सामाजिक जागरणमा पेट्कुका महिला
सामाजिक जागरणका दृष्टिले अव्वल बनेको छ पेट्कु । जातिय विभेद छैन पेट्कुमा । ब्राहमण क्षेत्री एव तामांङ्ग, नेवार र गुरुङ्ग लगायतका आदिवासी जनजाति समुदायहरुमा सामाजिक सदभाव र मेलमिलाप एवं सौहार्दता रहेको छ । “के ब्राहमण क्षेत्री, के तामांङ्ग गुरुङ्ग सवै मानिस नै हुन् । हामी सवै मिलेर बसेका छौं र संधै मिलेर नै बस्छौं, हामी बीच कुनै विभेद छैनं” चन्द्र कुमारीको भनाईमा यथार्थता झल्किन्छ । गाउंका सवै समुदायका महिलाहरु एक आपसमा मर्दा पर्दा काम सघाउने गरेको सामाजिक परिचालक चन्द्रमा कार्की भण्डारीले बताईन् । गाउंका सवै समुदायका महिलाहरु आफना घरायसी र पारिवारिक दुःख सुख र समस्याहरु बांड्ने गर्छन् । राजनैतिक सचेतनाको दृष्टिले पनि निकै अगाडी छन् यस गाविसका महिलाहरु । महिला राष्ट्र«««««««««««पति भएकोमा अत्यन्त गौरन्वान्वित छन् यस क्षेत्रका महिलाहरु । प्राय सवै जसो एफ एम सुनिने यस क्षेत्रका महिलाहरु गीत संगीतका साथै प्रत्येक दिन समाचार पनि प्राथमिकताका साथ सुन्ने गर्छन् । त्यसैले छिटो छिटो सरकार परिवर्तन हुने गरेको र एउटा सरकार आउंदा आर्केाले खोईरो खनेर काम गर्न नदिने गरेकोमा दिकक लाग्ने गरेको छ उनीहरुलाई । यसरी छिन् छिनमा सरकार परिवर्तन हुंदा देशको लागि भलो नहुने ज्ञान राम्रो छ उनीहरुमा ।
गाविसका २ सय महिला र पुरुष युवाहरु खाडी मुलुक लगायतका देशमा वैदेशिक रोजगारीक लागि विदेशिएका छन् । वैदेशिक रोजगारीमा जांदा भै परी आउने समस्या र जान पुर्व तयारीका लागि र आवश्यक प्रक्रियाका लागि परामर्स दिने काम पनि महिला समुहले गर्दै आएका छन् । यसका लागि विभिन्न गैर सरकारी संस्था बाट उनीहरुलाई तालिम प्राप्त छ । यसैको सदुपयोग उनीहरुले गर्दै आएका छन् ।
वैदेसिक रोजगारमा गएका महिलाहरु भाडिंएमा तीनीहरुको घर जोगाउन पनि यस क्षेत्रका महिलाहरु लागि पर्छन् । यदी कुनै महिला श्रीमानको अनुपस्थितिामा कसैसंग बरालिईन भने सासु ससुरा वा अभिभावकहरु सम्झाई बुझाई गरी दिन आग्रह गर्न आउंछन् । यसको उपचार गर्ने पनि उनीहरुको आफनै तरिका रहेको बताउंछन महिलाहरु । त्यसरी बरालिने महिलाहरुलाई सुरुमा साथी बनाउने मिल्ने र हित्तचित्त मिलेपछि विस्तारै यसरी बरालिनु हुन्न, आफनो घरबार विर्गान हुन्न भन्दै उनका के कस्ता समस्या छन् त्यो पनि बुझि दिने र मायाले सम्झाउंदै जाने गर्दै धेरैलाई तह लगायर घरबार विग्रन बाट जोगाएको अनुभव छ चन्द्र कुमारी लगायतका महिलाहरुलाई ।
आर्थिक उर्पाजनमा महिलाहरु
प्रमुख पेशा कृषि रहेको यस गाविसमा पहिले रीन खोज्न टाढा जानु पथ्र्यो । ऋहिले गाविसमा महिलाहरुले आय आर्जन र आमा समुह मार्फत अनिवार्य बचत गरे यता रीन खोज्न धाउनु परेको छैन । अनिवार्य रुपमा कतै महिनाको २० त कतै पचास देखि सय रुपैयां सम्म उठाउने गरेका छन् । यस बाट कतै सयकडा १ देखि ३ रुपियां सम्म बढीमा ६ महिनाका लागि आफनै समुहमा बाख्रा पालनका लागि रीन लिने र दिने गरेका छन् महिलाहरुले । रीनै लिएर बाख्रा पालन गर्दा पनि नाफा प्रसस्त हुने गरेको छ । ब्याज र साउं तीर्न खासै गारो परेको छैन उनीहरुलाई । सानो बाख्रा पनि ५ हजार सम्ममा बिक्री हुने गरेको बताउंछिन् आय आर्जनका अध्यक्ष धनकुमारी तामांङ्ग । एउटा गैर सरकारी संस्थाले आय आर्जन सम्बन्धि ५ दिने तालिममा सहभागि गराउंदा भत्ता बापत प्राप्त १० हजार र सोही संस्थाले दिएको रु १० हजार समेत गरी २० हजारको आय आर्जन बचत सुरु गरेकोमा हाल ५० हजार भन्दा बढी पैसा संकलन भएको र सो रकम आफु आफुमा रीन लिने दिने गर्दै आएको बताउंछिन धनकुमारी । यसरी आफ्नै समुहमा पैसा लगानी गर्दा पैसा मासिने वा डुब्ने डर नभएको र आफुलाई आवश्यक पर्दा आपसी सल्लाहमा तुरन्तै रीन पाइने कारण कारोबार गर्न सजिलो भएको छ उनीहरुलाई । यसले महिलाहरुको आर्थिकस्तरमा वृद्धि त भएको छ नै उनीहरुकोे मनोवल र आत्म सम्मान समेत बढेको बताउंछिन् धनकुमारी । आफ्नो बाख्रा पालनको कमाईले मिठो खान राम्रो लाउन र रीन तीर्न समेत भ्याएका छन् महिलाहरुले ।
त्यस्तै अनुभव छ सामाजिक परिचालक चन्द्रमा कार्की भण्डारीको । भण्डारी भन्छिन् “बिहे गरेर आएपछि घर धन्दा मै सिमित भईयो । श्रीमानको कमाईले मात्र नपुग्ने । एकसरो लुगा किन्न पनि श्रीमानसंग हात थाप्नु पर्ने । श्रीामान को डिउटी कहिले दिउंसो कहिले बेलुका हुने कारण कहिलेकाहीं छोरा अपर्झट विरामी पर्दा ससुरा संग पैसा माग्नु पर्ने नरमाईलो लाग्थ्यो । आफु पढेदेखिेकी हुदा जागिर खाने तिर लागें निकै मेहनत गरियो र अहिले सामाजिक परिचालकको जागिरे बनेकी छु । आफनै कमाई हुंदा सजिलो भएको छ । परिवारमा पनि मलाई हेर्ने दृष्टिकोण फरक छ, गरी खाने बुहारी हो भनी इज्जत गर्छन् । “हामी महिलाहरुलाई रोय पनि सुख छैन हांसे पनि सुख छैन, समाजको चलन नै त्यस्तै रहेछ । सवभन्दा पहिला हामी महिलाहरु आर्थिक रुपमानै दरिलो हुनु पर्ने रैछ । अर्को कुरा कानुनी कुरा जानियो भने हामी आफनो अधिकारको रक्षा गर्न र आफु माथि हुने हिंसाका विरुद्ध लड्न सक्दा रैछौं” भन्छिन् सानुमाया तामांङ्ग । पढाईको नाममा अक्षर सम्म चिनेका र आफनो नाम सम्म लेख्न जानेका यस क्षेत्रका अधिकास महिलाहरुलाई पाएमा अझै पढ्ने चाहना तीब्र छ । उनीहरुको बुझाई छ पढेमा संसार बुझन पाईन्छ, कानुनी कुरा जान्न पाईन्छ र आफुले जानेका कुरा अरुमा पनि बाड्न पाईन्छ ।
महिला सशक्तिकरण ले समाजलाई सहयोग
एउटा बलियो र हिंसा रहित समाजको मेरुदण्ड हो महिला सशक्तिकरण । महिला हरु जति सक्षम र शिक्षित हुन्छन् समाजको विकास र उत्थान त्यही गतिमा हुने गर्छ । महिलाको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य लगायतका का सशक्तिकरणले महिला मात्रको नभई समग्र समाज र राष्ट्रको विकासमा समेत अर्थपुर्ण योगदान रहने गदर्छ । यस अर्थमा पेडकुका महिलाहरु उदाहरणिय बनेका छन् समाज विकासका लागि । विगतमा रक्सी जुवामा लठ्ठिने पुुरुष हरु अहिले कोही वैदेशिक रोजगारी मार्पmत परिवारको लागि आर्थिक जोह गर्दै छन् भने कोही काठमाडौंमा जागिरे भएका छन् । कोही गाउैमै खेती किसान र पशुपालन गरी परिवार पाल्दै छन् । गाउं सफा र सुन्दर छ । नारी दिवसका दिन महिलाहरु गीत प्रतियोगिता गर्छन् । आआफनो भाषामा लोक गीत रच्न सिपालु छन् यस क्षेत्रका महिलाहरु । के ब्राहमण क्षेत्री के जनजाति सवै तीजमा संग संगै नाच्छन् गाउंछन् र रमाईलो गर्छन । घरायसी कलह र झै झगडा क्रमस न्युन हुंदै गएको छ पेट्कुमा । परिवार र समाजमा मेलमिलाप छ । अनि यी सवैको अगुवाई गर्दै छिन् गाविसका सामाजिक परिचालक चन्द्रमा कार्की भण्डारी, चन्द्र कुमारी तामांङ्ग अनि पुर्ण तामांङ्ग जस्ता महिला हस्तीहरु । जसको कर्मठ सेवाले पेट्कुलाई महिला सशक्तिकरणका लागि नमुना गाउं बन्न सघाएको छ ।
amatyameera







