काठमाडौं, २२ कात्तिक । आफ्नो सन्तान सबैलाई प्यारो लाग्छ । सन्तानको सुखको लागि हरेक आमाबाबुले जीवनभर संघर्ष गरिरहेका हुन्छन् । भविष्यमा आफ्नो सन्तानले कहिल्यै दुःख नपाओस भनेर । तर हाम्रो समाजमा यस्ता मानिसहरु पनि बसेका छन् जसले आफ्ना सन्तानलाई वेवारिसे छाडिदिन्छन् । ती वेसहारा बालबालिकाहरुका आमा भएर पालपोषण गरिरहेकी छिन् समाजसेवी भुवन राई गुरुङ (भवानी) ले । भक्तपुर जिल्लाको सिपाडोलमा मुस्कान सेवा नेपाल संस्था स्थापना गरी बेवारिसे बालबालिकाहरुलाई गुरुङले पालनपोणण गरिरहेका छन् ।
मुस्कान सेवा नेपालमा अहिले १४ जना बालबालिका छन् । उनीहरुलाई कुनै कुराको कमी छैन । ती बालबालिकाहरुले अधिकांश नेपाली बालबालिकाहरुभन्दा बढी सुख सुविधा पाएका छन् । उनीहरु अतिरित्त क्रियाकलापमा पनि त्यक्तिकै सक्रिय छन् । गीत गाउँन, नाँच्न, विभिन्न बाजागाजा बजाउन ।
‘पहिले मेरो छोराछोरी पढाउनको लागि विदेश जानु पर्यो, छोराछोरी सँगै बस्न पाइन, त्यसैले उबेलाको छोराछोरीको तिर्सना मेट्न मैले मुस्कान सेवा समाज स्थापना गरेर अनाथ बालबालिकाहरुको हेरचाह गर्न थालेको हो ।’ ‘अहिले जीवनको उतार्द्धमा अनाथ बालबालिकाहरुको साहारा बनेर बाँकी जीवन बिताउनको लागि यो मुस्कान सेवा नेपालको स्थापना गरेको हो ।’ सञ्चालिका भवानी राईले भनिन् ।
https://youtube.com/watch?v=GckxM_xSFmI
https://youtube.com/watch?v=FoHCWY7S73o
https://youtube.com/watch?v=RBr_hU4POIU
