ट्रम्पको विजय र असफल सर्वेक्षण

0 Shares

वासिङ्टन (अमेरिका), २ मङ्सिर । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकलन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित व्यक्तित्व डोनाल्ड ट्रम्पले अधिकाँश व्यक्ति तथा संस्थाको अनुमान मतदान सर्वेक्षण विपरित नतिजा ल्याउन सफल हुनुभयो भन्ने विषयमा अमेरिकी राजनीतिका जानकार, विज्ञ तथा मत सर्वेक्षकले मूल्याङ्कन सुरु गरेका छन् ।

अमेरिकी निर्वाचनका समयमा भएको मत सर्वेक्षणले सही अनुमान गर्न नसक्दा निर्वाचनको परिणाम जतिबेला घोषणा भयो सबैलाई चकित तुल्यायो । सर्वेक्षणले विश्वभरी अमेरिकी पूर्व विदेशमन्त्री तथा रिपब्लिकन पार्टीका नेता हिलारी क्लिन्टन विजय हुने विश्वास गरिएको थियो ।

यस्तो किन भयो भन्ने प्रसङ्गमा ब्रुकिङ्स इन्सिटच्यूसनका वरिष्ठ सदस्य डारेल वेस्टले भन्नुभयो, ट्रम्पका मतदाताहरुले मत ट्रम्पलाई नै दिने अडान लिएर बसेपनि सर्वेक्षणमा आपूmलाई खुलाउन चाहेनन् । यसमा ट्रम्पबाट आएका अभिव्यक्ति प्रति सञ्चारमाध्यम तथा सामाजिक सञ्चालनमा आएका आलोचना कारक थिए ।

अमेरिकी निर्वाचन अभियानको सुरु देखिनै ट्रम्पद्वारा गरिएको विवादास्पद टिप्पणी वास्तवमै उहाँमाथि आएको आलोचनाको कारक बने । रिपव्लिकन नेता ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आएका मेक्सिकन नागरिक माथि अपराधी, बलात्कारी भन्दै विश्वबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीको फिर्ता गर्ने घोषणा गर्नुभयो । यीमध्ये लाखौँ स्पेनी भाषा समुदायका मानिसहरु थिए । लाखौँको उपस्थिति रहेको समुदायविरुद्ध मतदाता खुलेर बोल्दा आपूmमाथि साम्प्रदायिक पूर्वाग्राह राखेको देखिने भयका कारण उनीहरु बोल्न चाहदैनथे तर उनीहरुको मौन समर्थन ट्रम्पप्रति रहेको थियो ।

पछिल्लो तथ्याङ्कले ५३ प्रतिशत अमेरिकी महिलाले ट्रम्पलाई मत दिएको देखाएको छ । आधा भन्दा बढी गोराजातीका महिलाले ट्रम्पले आफ्नो चासोलाई सम्बोधन गर्ने आश्वासनपछि ट्रम्पलाई नै मतदान गरे । उनीहरुलाई आफ्नो समस्या सम्बोधन ट्रम्पबाट हुने विश्वास बन्यो ।

ट्रम्पप्रति अमेरिकी जनताको अर्को आकर्षण बाराक ओबामाले अमेरिकी अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धता अनुरुप काम गर्न नसक्नु थियो । सन् २०१७ तिर अमेरिकी अर्थतन्त्रमा जुन समस्या देखियो यसलाई वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा रहँदा केही हदसम्म सम्बोधन भएपनि अपेक्षाकृत सुधार आउन नसकेकको ट्रम्प समर्थक अमेरिकीको दावी छ । उनीहरुले ग्रामिण समुदायको अर्थतन्त्र सुधार हुन नसक्दा ग्रामिण जनतामाझ राष्ट्रपति ओबामाले आठ वर्षसम्म पनि अर्थतन्त्र सुधार गर्न नसकेको महसुस भएका कारण निरास ग्राणिम क्षेत्रका बासिन्दा ट्रम्पतिर झुके । तर सर्वेक्षणले बढी महत्व घना जनसङ्ख्या रहेको शहरी क्षेत्रलाई महत्व दिए ।

न्यूयोर्क तथा वासिङ्टनमा अथाह रोजगारीका अवसरमा रहेपनि ग्रामिण क्षेत्र भने विगत कैयौँ वर्षदेखि आर्थिक गतिविधिले उल्लेख्य स्थान पाउन नसक्नु र अर्बपति व्यापारी निर्वाचित भएमा यसको सम्बोधन हुने आशाका साथ ग्रामिण सुदायबाट ट्रम्पलाई समर्थन मिल्यो ।

लसभेगसस्थित यूनिभर्सिटी अफ नाभाडाका सह–प्राध्यापक डान लीले प्राविधिक रुपमा अमेरिकी सर्वेक्षण सही रहेको दावी गर्नुहुन्छ । उहाँले सर्वेक्षणमा दावी गरिएअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार क्लिन्टन अमेरिकीबीच लोकप्रिय भएको उहाँले प्राप्त लाखौं बढी मतले प्रमाणित गर्ने बताउनुहुन्छ । तर ट्रम्पपक्षमा “इलेक्टोरल भोट”बढी हुँदा राष्ट्रपति निर्वाचनमा विजय रिपब्विकन उम्मेदवारको भएको हो ।

सर्वेक्षणमा अमेरिकी सङ्घिय राज्यमा कसको पकड कति रहेको भन्ने मूल्याङ्कन गर्न सर्वेक्षक सङ्घसंस्था असफल भएको उहाँ बताउनुहुन्छ । यो ठूलो क्षेत्रमा फैलिएको भूभागका लागि समस्याको विषय बन्ने गरेको ली बताउनुहुन्छ ।

सर्वेक्षणमा कमजोरी हुनुमा अमेरिकीहरुबीच ठूलो सङ्ख्यामा सेल फोन प्रयोग कर्ता हुनु र कम प्रतिक्रिया आउनुपनि जिम्मेवार भएको लीको दावी छ । ट्रम्पको विजयको सम्पूर्ण रहस्य खुल्न भने अझै केही समय पर्खिनुपर्ने विज्ञहरुको भनाइ छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार