आत्मघाती आक्रमणको आइएसद्वारा दाबी

0 Shares

काबुल, २ मङ्सिर । अफगानिस्तानमा बुधबार बिहान भएको आत्मघाती आक्रमणको इस्लामिक स्टेट आतङ्ककारी समूहले जिम्मा लिएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएको छ । यस आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए ।

बुधबार बिहान व्यस्त समयमा तल्हा खुरासानी नामक एक आतङ्ककारीले वरिष्ठ सरकारी अधिकारीलाई सुरक्षाका लागि सुरक्षा अधिकारीहरुको एक समूहलाई बोकेको एक सवारी साधनलाई लक्ष्य गरी आत्मघाती आक्रमण गराएको बताइएको छ ।

गृह मन्त्रालय नजिकै पुल इ मोहमद इलाकामा सो विस्फोट भएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ८ बजे भएको यो विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित चार व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताउनुभएको थियो । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार