नाइजेरियाको रिफ्ट उपत्यकामा ज्वरको सङ्क्रमणले बत्तिस व्यक्तिको मृत्यु

0 Shares

नियामी, २ मङ्सिर । पश्चिमी नाइजेरियाको ताहुवा अञ्चलको रिफ्ट उपत्यकामा गत अगस्टको अन्त्यबाट सुरु भएको ज्वरको सङ्क्रमणको कारण कम्तिमा ३२ व्यक्तिको मृत्यु भएको छ । राष्ट्रको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

नाइजेरियाको राष्ट्रिय रेडियो प्रसारणद्वारा प्रसारित स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा यस ज्वरको प्रकोपबाट २३० व्यक्ति प्रभावित भएका छन् । खास गरी जनावरमा सङ्क्रमण हुने यो ज्वरले दुर्भाग्यबस मानिसमा सङ्क्रमण भई ३२ व्यक्तिको मृत्यु भएको छ ।

मानिसमा यस ज्वरको लक्षण ज्वर आउने, टाउको दुख्ने, पेट दुख्ने रहेको छ भने जनावरमा ज्वर आउने र रक्तश्राव हुने रहेको छ । राससएएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार