३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

चीनमा पानीको गुणस्तरमा सुधार



बेइजिङ, ३ मङ्सिर । चीनमा पछिल्लो नौ महिनामा पानीको गुणस्तरमा सुधार आएको पाइएको छ ।

जलप्रदूषण न्यूनीकरणका लागि सन् २०१५ मा बनाइएको कार्ययोजना लागू भएकाले जलगुणस्तरमा सुधार आएको शुक्रबार एक अधिकारीले जनाएका छन् ।

पछिल्लो तीन महिनामा जलगुणस्तरमा चार प्रतिशत सुधार आएको वातावरण संरक्षण उपमन्त्री याओ यिङ्मिनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनाको सफल कार्यान्वयनले उक्त सुुधार आएको बताउनुभएको छ ।

कार्ययोजनामा आउँदो सन् २०२० को अन्त्यसम्ममा जलप्रदूषण नियन्त्रण गर्ने लक्ष्य लिइएको छ ।

विशेष गरेर राजधानीका सातवटा नदीमा भइरहेको जलप्रदूषण सुधार्नमा कार्ययोजना केन्द्रित हुने भएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ३ मंसिर २०७३, शुक्रबार  १ : ५९ बजे