अङ्गिकृतलाई संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन–अध्यक्ष यादव

0 Shares

काठमाडौँ, ४ मंसिर । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने बताउनु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतमा सरकारसँग भएको सम्झौताका आधारमा संविधान संशोधन हुनुपर्ने माग गर्नुभयो ।

अध्यक्ष यादवले थरुहटलाई मधेसमा राख्नुपर्ने बताउँदै पहाडमा पहिचान र सामथ्र्यका आधारमा जनतालाई अधिकार दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै त्यसलाई बढाउनुपर्ने र कुनै पनि प्रदेशको प्रतिनिधित्व खाली नहुने गरी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अङ्गको प्रमुख बनाउने माग मोर्चाको नभएको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार